दोहा,कतार
कतारमा बिजया दशमी, शुभ दिपावली, छठ पर्व एवं नेपाल संवत ११४२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
गैर आवासीय नेपाली संघ कतार र कतारमा स्थापित विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा शुक्रबार नेपाली राजदुतावास कतारमा शुभकामना आदानप्रदान सहित दशैको टीका ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कतारको लागि नेपाली राजदुत डा. नारदनाथ भारद्वाजले प्रवासमा रहेर पनि आफनो धर्म संस्कृति र रितिरिवाज अगाल्दै चाडपर्व मनाउदा नेपाली बिचमा एक आपसमा हार्दिकता बढने बताए ।
कोरना महामारी लगाएतका काममा एनआरएनए र विभिन्न संघसंस्थाले उत्कृष्ट काम गरेको भन्दै दूतावास सामाजिक कार्यमा सदैव सहकार्य गर्न तयार रहेको बताउनुभयो । संसार भरका नेपालीलो लागी दूतावास पछिको अभिवावक गैर आवासीय नेपाली संघ रहेको भन्दै हाल संस्थामा देखिएको समस्या छिट्टै हटने बिश्वास व्यक्त गरे ।
आफ्नो कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा रहेका भारद्वाजले आफ्नो २ बर्से कार्यकालमा नेपाली श्रमिकको पक्षमा तथा दुई देश बिचको कुटनैतिक सम्बन्धलाई थप उचाई पुर्याउन सक्दो कोसिस गरेको बताए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका सचिव आरके शर्मा, आइसिसी सल्लाहकार कुल आचार्य, मध्यपुर्व संयोजक प्रविन गुरुङ, मध्यपुर्व युवा संयोजक राज रेग्मी,आइसिसी मानार्थ परिषद सदस्य बिमल सुवेदी, यासमीन बेगम सैयद, आइसिसी सदस्य होमनाथ शर्मा,केवि हमाल, नवनिर्वाचित आईसीसी सदस्य सरिता भन्डारी, नरेश श्रेष्ठ, गैर आवासिय नेपाली संघ कतारका पुर्व अध्यक्ष नविन पोख्रेल, प्रवासी नेपाली मंच कतारका अध्यक्ष चानक पोख्रेल, उपाध्यक्ष चानीलाल राजवन्शी, नेपाली जनसम्पर्क समिति कतारका महासचिव केदार भुसाल, नेपाली जनप्रगतिशिल मंच कतारका सचीव
मोहन कार्की, प्रवासी नेपाली एकता मंचका अध्यक्ष रामहरी गैरे, नेपाली समाज कतारका कार्यबाहक अध्यक्ष तेज मोक्तान, संघीय लिम्बुवान सामाजिक मंच कतारका अध्यक्ष रेखा राई, जनजाति महासङ कतारका महासचिव एकराज राई, नेपाल पत्रकार महासङ कतार शाखा अध्यक्ष करिम बक्स मिया, नेपाली मुस्लिम समाज कतारका अध्यक्ष इन्जिनियर मोहम्मद अयुब हक, ठकुरी सहयोग संजालका अध्यक्ष शुलभ चन्द ठकुरी ,सुदुर पश्चिम प्रदेश समन्वय परिषद कतारका अध्यक्ष प्रमानन्द भट्ट, गण्डकी प्रदेश समन्वय परिषद कतारका वरिष्ठ उपाध्यक्ष सागर पौडेल, लुम्बिनी प्रदेश समन्वय परिषद कतारका सचीव बसन्तराज पुरी, स्याङ्जा सहयोग समाजका अध्यक्ष अजम अलि, ओखलढुंगा सेवा समाजका अध्यक्ष भिम तामाङ लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
सहभागीले प्रवासमा रहेर पनि आफ्नो धर्म संस्कृतिको संरक्षण गर्दे कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त थिए ।
गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले एनआरएनएले विगत देखी नै नेपालको विभिन्न धर्म,भूगोल, जातजातीको चाडवाड/ रितिरिवाजको सम्मान गर्ने भन्दै आगामी दिनमा पनि कतारमा स्थापित संघ संस्था सङ्ग समन्वय गरेर यस्ता कार्यक्रम लाई निरन्तरता दिने बताए । कतार सरकारको स्वास्थ्य मापदण्डको पालना गर्दै प्रत्यक्ष तथा भर्चुअल रुपमा जोडिएर कार्यक्रममा सुभकामना शुभेच्छाको व्यक्त गर्ने सबैमा आभार व्यक्त गरे ।
गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष एवं संघ संस्था संयोजक जैवी राई र सन्चालन सचीव दिपजंग शाहले गरेको प्रवक्ता सन्तोष क्षत्रीले जानाकारी गराए