मंसिर ७ कमल / बसन्त राज सुब्बा
झापाको कमल गाउँपालिकामा प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता हुने भएको छ ।
कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा मंसिर १४ गतेबाट १६ सम्म हुने सो प्रतियोगिताको बारेमा शनिबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरि समितिले जानकारी गराएको हो । भने खेलकुद समितिका सदस्य सुदिप थुलुङको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।
झापा जिल्ला भरीका १५ वटै स्थानीय तहका खेलकुद समितिलाई निमन्त्रणा गरिएको संयोजक सुदिप थुलुङले बताए । ’पालिका स्तरीय भएकोले खेलाडी पनि सोहि स्थानीय तह भित्रको नै हुनु पर्ने जानकारी गराएका छन् ।
विगतमा थुप्रै कार्यक्रमहरु वार्ड स्तरीय फुटबल ,भलिबल ,किर्केट जस्ता प्रतियोगिता कार्यक्रमहरु गर्दै आएको यसपालि २०७८ साल झापा जिल्ला भित्रका पालिका स्तरीय प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता हुने उक्त प्रतियोगितामा कुनै फीस नलाग्ने मंसिर १४ गतेबाट १६ गते सम्म सो प्रतियोगिता केरखा खेल मैदानमा सञ्चालन हुने भलिबल प्रतियोगिता समापन भए पछि फेरी कमलमा प्रदेश १ स्तरीय अध्यक्ष कप फुटबल खेल प्रतियोगिता हुने खेलकुद समिति सहसंयोजक तेज कुमार राईले बताएका छन् ।
प्रतियोगिताको विजेता टोलिले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेलकुद समितिका सदस्य सचिव तथा कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले बताए ।
पत्रकार भेटघाट कार्यक्रम कमल गाउँपालिका खेलकुद समिति संयोजक तथा वडासदस्य चतुरभुज सुवेदिको अध्यक्षतामा भएको थियो । जसमा समितिका शान्त कुमार राई भक्त मगर लगायतको उपस्थिति रहेको थियो