काठमाण्डौ,महानगरपालिकाका मेयर बालेन साहले पुर्ब प्रधानमन्त्री तथा नेकपा एमाले पार्टी अध्यक्ष केपि शर्मा ओलीलाई कसैका बिरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न अनुरोध गरेका छन।
उनले आफ्नो फेसबुकबाट सार्बजनिक गर्दै अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको बताए।मेयर बालेनले सम्बोधन गर्दै
सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू,२०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौको सुकुम्बासी समस्या समाधम किन गर्न सक्नुभएन?मन्त्री पटक पटक र दुई तिहाई सरकारको प्रधानमन्त्री समेत हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो किन देख्नु भएन? उनले प्रती प्रश्न गरेका छन।
जस्ताको तस्तै:
सम्माननिय पुर्वप्रधानमन्त्री केपि शर्मा ओलीज्यू
अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।
तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।