बागमती प्रदेश- नेकपा एमालेका वरिष्ठ नेता डा. भीम रावललाई काठमाडौ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक संजालबाटै कडा जवाफ दिएका छन।
मेयर बालेन साह र अमेरिकी राजदुतको भेटघाटका बारेमा समचार बाहिरिएपछी मेयर साहलाई नेकपा एमालेका नेता रावलले परराष्ट्र मन्त्रालय स्वीकृती लिएर अमेरिकी राजदूतसँग भेटेको हो कि होइन ?प्रष्ट पारियोस भनेर प्रश्न गरेका थिए।त्यसैगरी परराष्ट सम्बन्ध जस्तो संवेदनशील विषयमा संबिधान र कानुनको पद्धति मिचेर जुन कार्यलय वा निकाय प्रमुखलाई जति बेला जो बिदेशीसंग भेटबार्ता गर्न मन लाग्यो आफू खुशी गर्ने संसारमा कहि नभएको अभ्यास नेपालमा किन संक्रमणकालिन गठबन्धन सरकार? जनउत्तरदायी हौ भने जवाफ देउ? भनेर प्रश्न गरेका थिए।
नेता रावलको प्रश्नलाई बालेन साहले सामाजिक संजाल मार्फत नै कडा जवाफ दिएका छन।त्यसको जवाफ कडा रुपमा सामाजिक सञ्जालबाटै दिँदै बालेनले भनेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’हामिलाई विदेशीसँग सहयोग माग्ने कुनै रहर नरहेको पनि जवाफ मेयर बालेनले बताएका छन् ।
उनले अझै कडा रुपमा प्रस्तुत हुँदै ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन भन्दै नेत रावललाई जवाफ फर्काएका छन। उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौं,’ उनले लेखेका छन्, ‘एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ समेत ब्यक्त गरेका छौ भन्दै उनले जवाफ दिएका छन।