बागमती प्रदेशका माननीय सांसद छिरिङ दोर्जे लामाले प्रदेशसभा स्थगित भैइरहेको बिषयमा अबिश्वासको प्रस्तावको मत बिभाजन सम्बन्धी कार्यबिधी मस्यौदा समितिलाई जोडेर सभामुख सानुकुमार श्रेष्ठले पत्रकार सम्म्मेलनमा दिएको अभिब्यक्तिप्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन।
सांसद लामाले फेसबुक स्टाटस जारि गर्दै बागमती प्रदेशसभा स्थगित भईरहेको विषयमा अविश्वासको प्रस्तावको मत विभाजन सम्बन्धि कार्यविधि मस्यौदा समितिलाई जोडेर सभामुख सानुकुमार श्रेष्ठले दिनु भएको अभिव्यक्ति प्रति समितिको संयोजकको हैसियतले मेरो गम्भिर ध्यानाकर्षण भएको छ। बागमती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिले सो समितिकै ८ जना माननीय सदस्यहरु समिति सदस्य र प्रदेशसभा सचिवालय सचिव सो समितिको सचिव रहने गरि माघ ६ गते मस्यौदा समिति गठन गरेको र सो समितिले कार्यविधि मस्यौदा तयार गरि कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेश गर्ने निर्णय भएको थियो। सोहि अनुरूप समितिले मस्यौदा तयार गरिसकेको विषय सभामुख सानुकुमार श्रेष्ठ र सचिवालयलाई जानकारी गराईसकेको र सभामुख ज्यूलाई प्रतिवेदन बुझाउनका लागि पटक पटक कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गर्दा वेवास्ता गरिएकोमा कार्यविधि समितिलाई दोष देखाउनु निन्दनीय रहेको बताएका छन् !
सभामुख ज्यूले आज दिनको १:०० बजे पत्रकार सम्मेलन गरी कार्यविधि तयार नभएकाले बैठक बोलाउन समस्या परेको र यसको कारक समितिलाई देखाउनु भएको जानकारीमा आएको छ। कार्यविधि मस्यौदा समितिको संयोजकको हैसियतले अविश्वासको प्रस्ताव सम्बन्धि दस्तखत सहितको मत विभाजन आन्तरिक कार्यविधि मस्यौदा तयार भईसकेको र सभामुख ज्यूलाई कार्यव्यवस्था परामर्श समितिको बैठक राखी प्रतिवेदन बुझाउने वातावरण तयार गर्न समितिको तर्फबाट माग समेत गर्दछु साथै कार्यविधिको कारणले अविश्वासको प्रस्ताव माथि छलफल अघि वढाउन कुनै अवरोध नहुने कुरा स्मरण गराउदै कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा बैठक बस्न नसक्नुमा समितिको कुनै पनि भूमिका नरहेको सम्बन्धित सम्पूर्णमा प्रष्ट पार्न चाहन्छु, उनको भनाई रहेको छ!
