आगामी महाधिवेशनमा आफुलाई नेतृत्वको दाबेदारीको रुपमा प्रस्तुत हुँदै आएका धवल शमशेर राणा राप्रपाको केन्द्रिय बिशेष समितिमा समाबेश नगरिएपछी पार्टीभित्र असन्तुष्टि भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार गठन गरेको २५ सदस्यीय केन्द्रीय विशेष समितिमा पार्टीका उपाध्यक्ष र महामन्त्री समेत रहिसकेका धवलशमशेर राणालाई समावेश नगरिएपछी पार्टी भित्र तिब्र असन्तुष्टि उत्पन्न भएको छ।
पार्टीले गठन गरेको विशेष समितिमा कमल थापा सहित पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी, उद्दब पौडेल, गणेश शेरचन, जयन्त चन्द, ठाकुरप्रसाद शर्मा, तोरण बहादुर गुरूङ, दिपक बोहरा, ध्रुव बहादुर प्रधान सदस्य, नवराज सुवेदी, निरञ्जन थापा, निलकण्ठ काफ्ले, बिक्रम पाण्डे, बिक्रम बहादुर थापा, बुद्धिमान तामाङ, भास्कर भद्रा, भुवन पाठक, राजीव पराजुली, राजेन्द्र लिङ्गदेन, रामचन्द्र राय, रोशन कार्की, सुशीलकुमार श्रेष्ठ, श्यामप्रसाद तिमिल्सिना र हरिबहादुर बस्नेत लगाएतका नेताहरु रहेका छन।
पार्टी सञ्चालनको शक्तिशाली कमिटीका रुपमा पार्टीका शीर्ष नेताहरुको प्रतिनिधित्व रहनेगरी विशेष समिति बनाइएको भएपनि राणालाई समावेश नगरिएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको छ भने नेता राणालाई समितिमा समाबेश नगरिनु ब्यक्तिगत पुर्बाग्रहका कारण रहेको अनुमान गरिएको छ। राप्रपाका एक नेताले राणाले अध्यक्ष कमल थापा लगायत नेतृत्वको कार्यशैलीको विरोध गरेकै कारण नियतवश विशेष समितिमा नराखिएको आरोप लगाएका छन भने पार्टीभित्र राणाले आगामी महाधिवेशनबाट आफूलाई नेतृत्वको दावेदारको रुपमा प्रस्तुत गर्दै आएका छन।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका नेता धवल शमशेर राणालाई पार्टीले गठन गरेको केन्द्रीय निर्देशन समितिमा भने राखिएको छ।