धादिङ, रुबिभ्याली गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गाउँपालिका अध्यक्षमा दाबेदार गर्नेहरुमा चार जनाको नाम चर्चामा छ भने कसले बाजी मार्ने होला सबैलाई उत्सुकता रहेको छ !
गाउँपालिका अध्यक्षमा दाबेदार गर्नेहरुमा चार जना चर्चामा रहेका व्यक्तिहरुमा वर्तमान पालिका अध्यक्ष चेरुङ तामाङ, नरमान तामाङ, गोम्बा घले र सिंह बहादुर तामाङले दाबी गरेका छन् । रुबिभ्याली गाउँपालिका राप्रपाको गढको रुपमा चिनिदै आएको पालिका हो ।
रुबिभ्याली पूर्व गृहमन्त्री एवं राप्रपाका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको जन्मथलो गाउँ पर्दछ । गत चुनावमा राप्रपाले नै जित हासिल गरेको थियो । आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा रुबीभ्याली गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट गाउँपालिका अध्यक्षमा वर्तमान पालिका अध्यक्ष चेरुङ तामाङ, नरमान तामाङ, गोम्बा घले र सिंह बहादुर तामाङले दाबी गरेका छन् ।
पुर्ब गृहमन्त्री एबं राप्रपा बरिस्ठ उपाध्यक्ष बुद्धिमान तामाङको जन्मथलो रुबीभ्याली राप्रपाको बलियो प्रकट भएको पालिका हो । जस्ले गर्दा यस पालिका प्रमुखमा राप्रपा बाट को उम्मेदवारी हुने भन्ने बिषयमा यहाँका जनताहरु लगायत अन्य दलका नेतृत्वहरुले पनि चासोको रुपमा हेरिरहेको छन ।