
पहिचान, संघीयता, सुशासन र सदाचार
स्थानीय सरकार समृद्धिको मूल आधार
गाउँ-गाउँ शहर-शहर जाऔँ
जसपा, नेपाललाई जिताऔ
स्थानीय तहलाई भ्रष्टाचार मुक्त बनाऔ
विकास र संमृद्धिको अभियान अघि बढाऔँ
रुबिभ्याली गाउँपालिकाको वडा अध्यक्षमा जसपाबाट सर्बसमत रहेका बलिया उम्मेदवार हुन् चुकमन तामाङ । उनी विगत लामो समयदेखि जसपा पार्टीमा सक्रिय रुपमा लागि परेका छन् । उनी जनता समाजवादी पार्टीका जिल्ला सह सचिब,रुबिभ्याली एकता संघका बरिष्ठ उपाध्यक्ष दम्रंग समाजका सचिब समेत हुन् । तामाङ भन्छन्, ‘समग्र रुबिभ्यालीको विकास योजना मसँग छ ।
रुबिभ्याली गाउँपालिका दाजु भाइ लाइ आत्मियता बढाई अघि बर्ने
धर्मको बिषयमा दोन्ध हुन नदिने
पुर्खाली सस्कार सांस्कृति संरक्षण र सम्बर्द्वन गर्ने
युवा शक्तिलाई रोजगारको व्यवस्था गर्ने
शिक्षा,खेलकुद,स्वास्थ्यलाई प्रथमिकतामा राख्दै कमिकम्जोरीहरुलाई सुधार गरेर जनताको आवश्यकता माग बमोजिम काम गर्ने प्रतिवद्धता सहित योजना बनाएको छु ।
राजनीतिक गर्ने भनेको बिकास गर्ने र समाज सेवा गर्ने प्रसिक्षन दिने छ दुस्मनीको रुपले होइन राजनीतिक दालहरु धर्म गुरुहरु सबैमा हाते मालो गरि रुबिभ्याली बसीलाई दुखको मुहार फेर्ने बाचा गर्ने ।
कृषिमा यान्त्रीकीकरण,आधुनिकीकरण र व्यवसायीकरणलाई प्राथमिकतामा राखिनेछ बाजो खेति बारीमा आधुनिकीकरण र ब्यवसायीकरणमा जोड दिइनेछ । साना किसानहरूलाई सहकारीमा संगठित गराएर व्यवसायिक खेती गर्ने व्यवस्था मिलाइनेछ ।
विकासको योजना र प्रविधि कसरी गर्ने भन्ने कुरा विशेषज्ञ सहित तयारी अवस्थामा रहेको छु ।
पर्यटक आकर्षित गर्ने होटेल तथा रिसोर्ट तथा अन्य सेवा प्रदान गर्ने उद्यमीलाई पहिलो ५ वर्षसम्म आयकरमा ७५% छुट दिइनेछ ।
होमस्टे सञ्चालन गर्न चाहने महिलाहरूको समूहका लागि रू. ५० लाखसम्म लिएको ऋणको ५% भनदा बढी व्याज अनुदान दिइनेछ ।
दलित,अल्पसंख्यक, शारीरिक अपाङ्गताभएका व्यक्तिहरूलाई विशेष क्षमता अभिवृद्धि तथा सशक्तिकरणका कार्यक्रमहरू मार्फत उनीहरूलाई आत्मनिर्भर हुने शीप सिकाइनेछ ।
गाउँ गाउँ शहर शहर जाऔँ
जसपा, नेपाललाई जिताऔ
स्थानीय तहलाई भ्रष्टाचार मुक्त बनाऔ
विकास र संमृद्धिको अभियान अघि बढाऔँ
पहिचान, सङ्घीयता, सुशासन र सदाचार
स्थानीय सरकार समृद्धिको मूल आधार !
जनता समाजवादी पार्टीको मूल मन्त्र
समानुपातिक, सहभागितामुलक, समावेशी, लोकतन्त्र !
समावेशी नेतृत्व समृद्ध देश
जसपाले जोड्छ हिमाल, पहाड मधेश ।
समावेशी लोकतन्त्र समावेशी विकास
जसपाले दिन्छ देशलाई निकास !
सङ्घीयता, समावेशीता र पहिचान
समृद्धिका लागि छातामा मतदान !
समुन्नत सङ्घीय समाजवाद हाम्रो सङ्कल्प
जनता समाजवादी पार्टी आजको विकल्प ।
सङ्घीयता, सुशासन, समृद्धि र पहिचान ।
जसपाको चुनाव चिन्ह छातामा मतदान !
