मोरङ, बेलबारी नगरपालिकाको उप प्रमुख पदमा नेकपा एमालेको तर्फबाट तिलकुमारी न्यौपाने गौतमले मनोनयन दर्ता गराएकी छिन।
करिब बाह्र वर्ष निजि स्कुल र बेलबारी बहुमुखी क्याम्पसमा १३ वर्ष शिक्षण पेशामा रहेर सेवा गर्दै आएकी तिलकुमारी न्यौपाले गौतम ( तिला लेकाली) ले सकारात्मक समाज परिवर्तन,बिकास,शान्ती र सुशासन कायम गरि समृद्ध मुलुकको निर्माण गर्ने उदेश्य स्वरुप केही बर्ष अगाडी देखि नेकपा एमाले पार्टीमा आवद्ध रहदै आएकी थिईन।
नेकपा एमालेको भातृ सङगठन अनेम संघबाट राजनीतिक यात्रा शुरु गरेकी तिलकुमारी नेकपा एमालेको गाउँ कमिटि, क्षेत्रीय कमिटि , हुँदै जिल्ला निर्वाचन कमिटीको सदस्यमा रहदै काम गरेकी तिलकुमारीले एमालेको भातृ संघ संगठन जनसाहित्यिक मंचमा ३ कार्यकाल सम्म काम गरेकी थिईन।त्यसैगरी प्रगतिशील लेखक संघको प्रदेश समितीमा एक कार्यकाल उपाध्यक्ष र वर्तमान समयमा अध्यक्षको रुपमा काम गर्दै आएकी छिन।
शिक्षण ,साहित्य र राजनितीमा समेत उत्तिकै दखल राख्ने लेकाली निडर स्पस्ट वक्ता,सामाजिक गतिबिधी र सबैको दुख सुखमा साथ दिन तत्पर रहन्छिन।यसैक्रममा स्थानिय तहको आउदो बैशाख ३० गते हुने आसन्न निर्वाचनमा बेलबारी नगरपालिका मोरङबाट उप प्रमुख पदमा मनोनयन दर्ता गराएकी हुन।
नेपाली साहित्यमा औधी चाख राख्ने तिलकुमारीले विभिन्न मुक्तक संग्रह,गजल संग्रह,हाईकु संग्रह प्रकाशन गरेकी छिन भने जुहि साहित्यिक चन्द्रगढी झापा,सनब्राईट म्युजिक एन्ड डान्स सेन्टर लगायत दर्जनौ संस्थाबाट सम्मानित ब्यक्तित्व सासबैसंग मिल्ने सहनशील स्वभाव कि लेकाली बिभिन्न संघ संस्थाबाट सम्मानित हुनुका साथै स्वच्छ छवि भएकी ब्यक्ति हुन।उनले उप प्रमुख पदमा मनोनयन गराए संगै अत्यधिक मतले निर्बाचित हुनेमा सबैको आँकलन रहेको छ।