
ललितपुर - बागमती गाउँपालिका अध्यक्ष पदमा गठबन्धन पार्टिका साझा उम्मेदवार वीर बहादुर लोप्चनले गाउँपालिकामा शिक्षा, स्वास्थ्य रोजगारी तथा पुर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखी काम गर्ने बताएका छन।
२०७४ सालको स्थानिय तहको आसन्न निर्वाचनबाट नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष पदमा निर्बाचित लोप्चनको सक्रियतामा गाउँपालिका निर्माण पश्चात् गरिएका महत्वपूर्ण परियोजनाहरुमा प्युटार- माथिल्लो सिम्ले सडक परियोजना, इकुडोल- मार्झन्ड सडक परियोजना,इकोडोल- सानो किल्ला परियोजना,सिम्पानी- बुलफी-पाखोले सडक परियोजना,गिम्दी - साहुमारा-चमेरो गुफा सडक परियोजना,गिम्दी - मोचेडाँडा सडक परियोजना,गिम्दी - सुवाने सडक परियोजना,कटुवा- नागघर सडक परियोजना,बगुवा- ज्यामिरे माल्टा सडक,महाँकाल - कटुवाल मोटरवाटो लगायतका कार्यहरु भएका छन।त्यसैगरी स्थापना गरिएका परियोजनाहरु अझै थुप्रै बिस्तारमा रहेका छन।उक्त परियोजनाहरुलाई सप्पन्न गरि गाउँपालिकाको सर्वाङ्गीन विकासलाई पहिलो प्राथमिकतामा रहने उनको भनाई छ।
उपत्यकाको कर्णालीको रुपमा परिचित बागमती गाउँपालिका भित्र सामान्य स्वास्थ्य उपचारका लागि लामो दुरी पार गरेर अस्पताल पुग्नुपर्ने अबस्थालाई अन्त्य गरि थाङ्सिङ्टारमा अस्पताल निर्माण गरिएको छ जस्लाई ब्यबस्थित रुपमा संचालन गरि जनताको सेवा गरिने बताउदै कृषकलाई प्रोत्साहन गर्न मल, बीउ,कृषि औजार लगायतका सामाग्रीहरु गाउँपालिकाद्वारा सुपथ तथा सुलभ रुपमा उपलब्ध गराईने बताएका छन।त्यसैगरी विभिन्न प्रशिक्षण तालिम हरुको संचालन गरि प्रत्येक नागरिकलाई उसको दक्षतार क्षमताका आधारमा रोजगारिको शृजना गरि सहयोग गरिने बताएका छन।
गाउँपालिका भित्र रहेका गरिब बिपन्न बालबालिका लगायत सबैलाई शिक्षाको पहुँचबाट टाढा हुन नदिन निशुल्क शिक्षाको ब्यबस्था समेत गरिने उनको लक्ष्य रहेको बताएका छन।त्यसैगरी गाउँपालिका लाई धार्मिक सांस्कृतिक रुपमा समृद्धि बनाउन मन्दिर गुम्बा निर्माण महत्वपूर्ण तिहारहरु दशै तिहार ल्होछार छट पर्वहरुको संरक्षण सम्बर्द्धन तथा प्रबर्द्धन गर्न विशेष भुमिका रहने समेत उम्मेदवार लोप्चनले बताएका छन।