काठमाण्डौ,गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री तथा मनाङ-२ बाट निर्बिरोध निर्बाचित गण्डकी प्रदेश सभा सदस्य दिपक मनाङे (राजिव गुरुङ) ले नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजबादी) मा आबद्ध भैई अगाडि बढ्ने बताएका छन।
सांसद मनाङेले एक प्रेस बिज्ञप्ति जारी गर्दै आफुले नेकपा ( एकीकृत समाजबादी) मा आवद्ध भैई उक्त पार्टीको मार्गनिर्देशन बमोजिम जनसेवामा सक्रिय रहने बताएका छ्न।सांसद मनाङेले आफुले स्वतन्त्र रुपमा रहि देश र जनताको सेवामा समर्पित रहने निर्णय गरेको थिए तर परिबर्तित समयमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भैई त्यसको नीति बिचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निस्कर्षमा पुगेको छु ,बिज्ञप्तिमा उल्लेख गरिएको छ।
जसको लागि आफ्नो पबित्र उदेश्यसंग मेल खाने नीति बिचार र सिद्धान्त हाम्रो देशमा रहेका पार्टीहरु मध्येको नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजबादी) रहेको र त्यस पार्टीमा आबद्ध नेता कार्यकर्ताको स्वच्छ छवि देश र जनताको लागि केही गरौ भन्ने भावना र दृष्टिकोणबाट प्रभावित भैई यस पार्टीमा आवद्ध भैई अगाडी बढ्ने निर्णय गरेको उनले जनाएका छन।
सांसद मनाङेले नेपालको समृद्धि र बिकासमा प्रतिबद्ध भैई आफ्नो अमुल्य मत दिई निर्बाचित गराउनुहुने सम्पुर्ण मनाङबासी आमाबुवा दाजुभाई तथा दिदिबहिनीहरुलाई समेत मनाङेले धन्यवाद ब्यक्त गरेका छन।
प्रेस बिज्ञप्ति