झापा / बसन्त राज सुब्बा - प्रदेश नं १ लाई संघीयता सहितको पहिचान,पहिचान सहितको लिम्बुवान प्रदेश स्थापनार्थ पहिचानबादी शक्ति निर्माण तथा संबाद कार्यक्रम दमक स्थित सजेसन होटलको सभाहलमा सम्पन्न भएको छ।
गत मसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी नतीजाको परिमाणपछी उत्पीडित र पहिचानवादीहरुको पक्षमा नेतृत्व गरेको राजनीतिक दलहरु कमजोर अवस्था पुग्दै गएको हुँदा जनताको बलिदानीबाट प्राप्त भएका उपलब्धिहरु समेत गुम्दै जाने खतरा बढेको छ।
उक्त खतराबाट बच्नको लागि पहिचानवादी नेताहरुको सहभागीतामा तथा युवा नेता रोसन लिम्बुको अगुवाईमा विचार विर्मश तथा छलफल कार्यक्रम सम्पन्न भएको हो।उक्त कार्यक्रममा पहिचानवादी राजनितीक दलहरु को हार विषयको गम्भिर समीक्षा गरे पश्चात् त्यसको विषयमा कसरी अघि बढ्दै जाने भन्ने विषयमा केन्द्रित रहेर बक्ताहरुले आ- आफ्नो विचार व्यक्त गरेका थिए ! आफ्नो मन्तब्य राख्ने वक्ताहरुमा पदम अधिकारी, ऋतिकेश बलाराम, बिरेन्द्र कुमार याक्थुम्वा, अशोक क्षेत्री, किरण मगर लगायतका रहेका थिए।