दोहा / आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अलि इन्टरप्राइसेस मा विगत १० वर्षदेखि कार्यरत तीन नेपाली धनराज पुरी, जलबहादुर विक र गोविन्द बहादुर मल्ल जनही १५ हजार रियाल इनाम पाएकाछन् ।
इमान्दारीपुर्वक कम्पनीमा काम गरेवापत् नासर अल अलि इन्टरप्राइसेस कम्पनीका मालिक नासर अल अलीको हातबाट सो इनाम प्राप्त गरेकाहुन् ।
सन् २०११ मा पुरी, बीके र मल्ल हेल्परका रुपमा सोही कम्पनीमा आएका र पछि कम्पनीको समर्थनमा उनीहरू कार्पेन्टर, मेसन, स्काफोल्डर, स्टील फिक्स्चर लगायतको काममा दक्षता हासिल गरी सक्षम ट्रेड वर्कर भइसकेकाछन् ।
यस कम्पनीमा आएपछि आफनो आर्थिक अवस्था समेत सुधार भएको र सम्पुर्ण सिप पनि जानेको बताउदै े तीन नेपाली कामदारहरू आफुले प्राप्त गरेको इनाम रकम घर बनाउँन र केही जग्गा किन्न प्रयोग गर्न चाहन्छन्।
कम्पनीको मालिक नासर अल अली अत्यन्त सहयोगी र सहृदयी भएको कारणले नै आफनो आर्थिक भविष्यमा यसरी सुधार हुन सकेको गोविन्द बहादुर मल्ल बताउदै नासर अल अलि इन्टरप्राइसेस र कम्पनी मालिकप्रति आभार व्यक्त गरे । यो रकम आफनो लागि ठुलो सहयोग रकम भएको स्विकार्दै आफनो छोराहरुको पढाइमा खर्च गर्ने उनले बताए ।
नासर अल अली इन्टरप्राइसेस जस्तो राम्रो कम्पनी र यस कम्पनीको मालिक जस्तो सहृदयी मालिक अनि आफुले इमान्दारीपुर्वक कम्पनीको लागि काम गरेको कारणले नै यो नगद रकम इनाम पाएको बताउदै कम्पनीले एक न एकदिन इमान्दारिताको उच्च मुल्यांकन गर्नेरहेछ भन्ने आफुलाई पुर्ण विश्वास लागेको तीन नेपालीकोे भनाई थियो ।
कम्पनीका मालिकले समयसमयमा उत्कृष्ट कामदारहरुलाई सुनको सिक्का समेत इनामको रुपमा प्रदान गर्दै आइरहेकाछन् भने १० वर्षभन्दा बढी काम गरिसकेका नेपाली, भारतीय, वंगलादेशी कामदारहरु यस्तै यस्तै पुरस्का, इनामहरुबाट लाभान्वित भइकाछन् ।
कम्पनी मालिक आसर अल अलीले आफनो कम्पनीमा काम गर्ने सवै कामदारहरुको छोराछोरीहरुको पढाई खर्च समेत दिने गरेकाछन् । उनले २०७२ को आमविनासकारी महाभुकम्पले भत्काएको आफना नेपाली कामदारहरुको घर बनाउन डेढ करोड रुपैयाभन्दा बढी रकम समेत कम्पनीका मालिकले सहयोग दिएका थिए ।