दोहा / नेपाल मगर संघ शाखा कतारको अध्यक्षमा बिबेक पुलामी मगर चयन भएका छ्न ।
सस्थाका अध्यक्ष बिजय कुमार मगरको सभापतित्वमा भएको कार्यक्रममा नेपाल मगर संघ, केन्द्रिय समिति काठमाडौंका महासचिव ज्ञानेन्द्र पुन मगरको प्रमुख अतिथ्यमा "१४औं महाधिवेशन तथा २१औं वार्षिकोत्सब-२०२१" कार्यक्रममा जुम भर्चुअल मार्फत सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल मगर संघ शाखा कतारका साँस्कृतिक बिभाग एन.आर.एन.ए (एन.सि.सि) कतार, कतारमा रहेका नेपाली बैचारिक संघ संस्थाहरु, प्रदेशहरु, जिल्लावासी संघसंस्थाहरु,विभिन्न धार्मिक तथा जातीय संघसंस्थाहरु, साहित्यिक तथा कलाकेन्द्रहरु, समाजसेवी तथा बुद्धिजीवी, पत्रकारहरु,मगर संघ शाखा कतारका सल्लाहकारहरु, मानर्थ सदस्य, एरिया समिति प्रमुख र बिभागका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
दिप प्रज्वलन र ब्यानर अनावरण गरेर सुरु गरिएको कार्यक्रममा नेपाली राष्ट्रिय गान उपस्थित सम्पुर्णले गाएका थिए नेपालका प्रथम सहिद क्या.लखन थापा मगर साथै अन्य ज्ञात अज्ञात सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो।
नेपाल मगर संघ, शाखा कतारका प्रथम उपाध्यक्ष अभिमत पुन मगरले स्वागत मन्तव्य राख्दै कार्यक्रमको बारेमा जानकारी गराएको थिए। कार्यक्रममा खुल्ला सत्र महासचिव विवेक पुलामी मगर र बन्द सत्र कार्यक्रम सचिव लोक बहादुर सिन्जाली मगरले संचालन गरेका थिए भने २१औं वार्षिकोत्सबको अवसरमा केक काटिएको थियो ।
कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य राख्दै १४औं महाधिवेशन कार्यक्रम सफलताको शुभकामना दिदै मगर संघ, कतारले कतारमा स्थापित नेपाली संघ, संस्थाहरु संग सहकार्य गरेकोमा धन्यवाद दिदै १४औं महाधिवेशन तथा २१औं वार्षिकोत्सब बाट चयन हुने नयाँ कार्यसमितिलाई अग्रिम बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए ।
प्रमुख अतिथि केन्द्रिय समितिका महासचिव ज्ञानेन्द्र पुन मगरले सम्बोधन गर्दै मगर संघ बारेमा र नेपालको वर्तमान अवस्थाको बारेमा जानकारी गराउदै १३औं कार्यसमितिलाई सफलता पुर्वक आफ्नो कार्यकाल पूरा गरेकोमा धन्यवाद दिदै नयाँ चयन हुने कार्यसमितिलाई अग्रिम बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए ।
कार्यक्रममा संगठनीक प्रतिबेदन संगठन सचिव केशब राना मगर,मगर संघ कतारको प्रतिबेदन महासचिव विवेक पुलामी मगर, वैदेशिक बिभाग प्रतिबेदन बिदेश बिभाग संयोजक अभिमत पुन मगर, आर्थिक प्रतिबेदन कोषाध्यक्ष हिम बहादुर थापा मगरले प्रस्तुत गरेका थिए ।
नेपाल मगर संघ, शाखा कतारको बिधानलाई बिधान संमसोधन समितिका संयोजक शेर बहादुर रोका मगरले संसोधित बिधान प्रस्तुत गरेका थिए भने प्रतिबेदनहरु र बिधान लाई महाधिवेशन बाट पारित गरिएको थियो ।
कार्यक्रमका सभापति अध्यक्ष बिजय कुमार मगरले कार्यक्रममा उपस्थित प्रमुख अतिथी, बिशिस्ट अतिथीहरु, अतिथिहरु, समाजसेवी, बुद्धिजीवी, ब्याबसायी र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगीहरु, १३औं कार्यकाललाई सफल बनाउन सहयोग गर्ने मगर संघका अग्रजहरु, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारी, सदस्यहरु, एरियाहरु, बिभागहरु र साँस्कृतिक परिवार, मगर बचत कोष र सहयोगीहरु लाई धन्यवाद दिदै १३औं कार्यसमितिको बिगठन भएको घोषणा गर्दै महाधिवेशन बाट चयन हुने नयाँ कार्यसमितिलाई अग्रिम बधाई तथा कार्यकाल सफलताको अग्रिम शुभकामना व्यक्त गरे ।
२९ सदस्यीय कार्यसमितिको नामावली
अध्यक्ष : विवेक पुलामी मगर
प्रथम उपाध्यक्ष : केशब राना मगर,
दितृय उपाध्यक्ष : हिम थापा मगर,
महिला उपाध्यक्ष : देबि कुमारी मगर,
महासचिव : लोक बहादुर सिन्जाली मगर,
सचिव : तिल बिक्रम मगर,
संगठन सचिव : समीर थापा मगर,
कोषाध्यक्ष : रेशम आले मगर,
सहकोषाध्यक्ष : कुमार राहदी मगर,
सदस्यहरु दिपक इक्चाइ मगर, दिल बहादुर रोका मगर, लक्ष्मी घर्ती मगर, जानू कुमारी मगर, कृष्ण सोराली मगर, भक्त ढेगा मगर, पुर्ण थापा मगर ,धुर्व थापा मगर ,रुक माया आले मगर ,दुर्गा थापा मगर, चेत ब.थापा मगर ,कमल मगर,मन प्रसाद राना मगर , धन ब.थापा मगर,पान्डव थापा मगर र ३ रिक्त गरि २९ सदस्यीय कार्यसमिति नामवली घोषणा गर्दै।नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक रमेश कनौजे मगरले शपथ ग्रहण गराएको थिए ।