दोहा / प्रवासी भुजेल समाज कतारको ११ औ स्थापना दिवस तथा चेलिबेटी तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
भुजेल जातिको बिकास र उन्नतिको आधार सास्कृतिक चेतना शिक्षा र रोजगार " भन्ने मुल नाराका साथ दोहा कतारमा सन : २०१० देखि स्थापना गरिएको समाजले आफ्नो ११ औ स्थापना दिवस तथा चेलिबेटी तिज विशेष कार्यक्रम गत शुक्रबार भब्य एवंम सभ्य तरिकाले सम्पन्न गरेको छ ।
कतारको मैदार अबस्थित ग्रिनतारा रेस्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष बिनोद कुमार भुजेलको सभापतित्वमा नेपाल प्रवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुषाेतम सुनुवारको प्रमुख आथित्वमा कार्यक्रम सम्पन्न भएको थियो
त्येसैगरि समाजका संरक्षकहरु शिव कुमार भुजेल, नियम भुजेल निबर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार मिलन कुमार भुजेल सल्लाहकार बिकास भुजेल लगायत महिला प्रतिनिधि , सामाजिक अभियन्ता लगायतको उपस्थिति रहेको थियो ।
विधिबत रूपमा उद्घाटन गर्दे सुरु गरिएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई समाजका प्रथम उपाध्यक्ष प्रभात भुजेलले स्वागत मन्तव्य बाट स्वागत गरे । कार्यक्रममा उपस्थिति प्रमुख अतिथि तथा अन्य अतिथिबाट प्रवासी भुजेल समाज कतारको ११ औ स्थापना दिवस तथा चेलिबेटी तिज विशेष कार्यक्रमको शुभकामना दिदै
समाजका संस्थापक र यस समाजमा आबद्द भएर विभिन्न समयमा समाजको लागि योगदान पुर्याउनु हुने सम्पुर्णलाई धन्यवाद ब्यक्त गरिएको थियो
समाजका प्रथम उपाध्यक्ष प्रभात भुजेलको संयोजनमा रहेको कार्यक्रममा दोहा कतारमा रहि साङ्गितिक यात्रामा निरन्तर दिदै आएका विभिन्न कलाकारहरुको नृत्य प्रस्तुतिले कार्यक्रमको शोभा बढेको थियो भने दर खुवाउनको लागि समाजका सक्रिय सदस्य श्रीमान भुजेल गरेका थिए ।
कार्यक्रमलाई समापन गर्दै सभापति बिनोद कुमार भुजेलले बोल्दै कोरोनाका कारण खुल्ला रूपमा बृहत कार्यक्रम गर्न मन हुँदा पनि नसकिएको बताए आगामी दिनमा अवस्था सहज हुँदै जाने आशा व्यक्त गर्दै उपस्थिति सम्पुर्णमा धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गरे ।कार्यक्रमको सहजीकरण समाजका महासचिव युवराज भुजेलले गरेका थिए ।