मोरङ, केराबारी गाउपालिका वडा नम्बर २ घर भएकी बिष्णुमाया लिम्बुको उपचारका लागि संघीय लिम्बुवान सामाजिक मञ्च कतारले आर्थिक सहयोग गरेको छ।
गत हप्ता अचानक घरमा आगजनी हुदा शरीरको ८० प्रतिशत भाग पुरै जलेर, सघन उपचारको क्रममा रहेका बिष्णुमाया अहिले काठमाडौ स्थित किर्तिपुर अस्पतालमा उपचारर्थ छिन। डाक्टरहरुका सल्लाह अनुसार उपचारका लागि लामो समय सम्म अस्पतालमा राख्नु पर्ने र आर्थिक भारपनी उतिकै हुने खबर प्राप्त भए पछि सलिसाम कतारले नेपाली रुपैयाँ ४८,६०० बरोबर रकम सहयोग गरेको हो।
यश सहयोग अभियानका लागि सलिसाम कतारले आपतकालीन बैठको आयोजना गरि उपलब्ध पदाधिकारी एवं सदस्यहरु बिच आर्थिक संकलन गरि सहयोग गरेको हो।
साथै सलिसाम कतारको हरेक कार्यमा हातोमालो गर्दै आईरहेका तेह्रथुम, सिम्ले निवासी सामाजिक अभियानता विरबहादुर (BB) थापाले बिष्णुमायाको उपचारका लागि कतारी रियल १,००० सहयोग गरेका थिए।
उपचारर्थ विष्णुमाया सलिसाम कतार अन्तरगत खेलकुद विभागका सदस्य मुस्कान मिभकका आमा हुन।