किरात राई यायोक्खा शाखा कतारको आठौं अधिवेशन २०७८ कार्यक्रममा पुर्ब अध्यक्ष तथा सल्लाहकारहरु सम्मानित भएका छन।
अध्यक्ष बिमल राईको सभापतित्व, नेफिन कतारका अध्यक्ष पुरुषाेतम सुनुवारको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सल्लाहकार तथा रेगिस्तानी कवि तिर्थ संगम राई, सल्लाहकार तथा नेफिन कतारका पुर्ब अध्यक्ष देवराज राई, प्रमुख सल्लाहकार तथा पुर्ब अध्यक्ष एकराज राई र सल्लाहकार लक्ष्मी राईलाई वहाहरुले निरन्तर संस्थाप्रती दिनु भएको योगदानको उच्चा मुल्याङकन गर्दै सम्मान गरेको हो।
कार्यक्रममा प्रमुख अतिथी नेफिन कतारका अध्यक्ष पुरुषाेतम सुनुवार, विशेष अतिथी एनआरएनए एनसिसि कतारका अध्यक्ष मोहम्मद मुक्तता मुसलमान र सभापती बिमल राईले किराती संस्कार अनुसार फेटा र दोसल्ला ओढाई सम्मान-पत्रको साथ सम्मान गरिएको हो।