साम सुनुवार, कतार / कतारमा किरातिहरुको नयाँ बर्ष (५०८२)"यले दोङ,थोछे,तङ्बे आउदो शुक्रबार १४ जनवरी मा मनाइने भएको छ ।
कोभिड 19 महामारीको कारणले बिगतका वर्षहरुमा झैँ यो पाली भौतिक रुपमा उपस्थिति भएर भब्य रूपमा मनाउन नसकिने भएको हुँदा (zoom भर्चुअल) मार्फत किरात मूल समारोह आयोजक समितिको आयोजनामा किराती नयाँ वर्ष "यले दोङ/थोछे/तङ्बे ५०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम" गरि मनाइने भएको हो ।
रोजगारीको सिलसिलामा प्रबासी भुमी कतारमा रहेर आफ्नो धर्म, सस्कृती, परम्परा रितिरिवाज,भाषा लाई जगेर्ना र संरक्षण गर्नुपर्छ भन्ने उदेश्यले स्थापना गरिएका ३ संस्थाहरु किरात राई यायोक्खा शाखा कतार,सुनुवार सेवा समाज शाखा कतार र किरात याक्थुङ चुम्लुङ कतारको सयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
प्रत्येक बर्ष उधौली,उभौली र किराँती नया बर्ष विशेष प्राथमिकता साथ मनाउदै आईरहेको र यस बर्ष उधौली पनि खुल्ला स्थानमा किराँती तथा गैर किरातिहरुको उल्लेखनीय उपस्थितिमा भब्य रुपमा मनाईएको थियो ।
कार्यक्रममा दोहा कतारमा स्थापित विभिन्न संघसंस्थाहरु लगायत समाजसेवी, बुद्धिजीवी, पत्रकार साथै सम्पुर्ण किरात तथा गैर किरात दाजुभाइ दिदीबहिनीहरुमा किरात नयाँ वर्षको शुभकामना सहित शुभकामना आदानप्रदान कार्यक्रममा zoom भर्चुअल मार्फत सहभागिता जनाउन किरात मुल समारोह आयोजक समिती दोहा, कतारका संयोजक शंकर राईले निमन्त्रणा गरिएको जानकारी गराएको बताउनु भयो ।