गत ३ मे २०२२ शुक्रबारका दिन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका संघीय सदस्य कुमारसिं योङहाङ को संयोजकत्वमा १७ सदस्यीस संघीय लोकतान्त्रिक सामाजिक मञ्च (सलोसाम) कतारको तदर्थ समिति गठन भएको छ । उक्त तदर्थ समिति ले पहिचानमा आधारित लिम्बुवान सहित , किरात खम्बुवान, तामाङसालिङ, शेर्पा, नेवा, मगरात, तमुवान, मधेस, थारुहट, खसान र दलित मुक्ति मञ्च लगायत (१०+१) प्रान्त लाई समेटी ६ महिना भित्रमा प्रथम अधिवेशन गर्ने तयारी गरेको भनि विज्ञप्तीमा उल्लेख छ ।
सलोसा मञ्चले संलोरामको नेपालको राजनैतिक कार्यनितीलाई अंगिकार गर्दै ऐतिहासीक पृष्टभुमी र पहिचानको आधारमा संघीय प्रान्तहरु स्थापनाको लागि बुलन्द आवाज उठाउनका साथै संगठनका गतिविधीहरुमा एक्युवद्धता जनाउने छ भने यस मञ्चले कतारमा रहेको अन्य वैचारिक संगठन, सामाजिक संघसंस्थाहरु, नेपाली नागरिक समुदाय, वैदेशिक रोजगारमा रहेका सवै नेपाली दाजुभाइ दिदीबहिनीहरुसंग एकापसमा समन्वयात्मक भुमिका र सहकार्य गर्नका साथै सामाजिक क्रियाकलाप, मानविय सहयोग, खेलकुद, सांस्कृतिक, धार्मिक एवं अन्य विविध क्षेत्रहरुमा रहेका नेपाली समुदायसंग हातेमालो गर्दै आफनो सांगठनिक सामथ्र्यलाई निरन्तर अगाडी बढाउने भनि संयोजक योङहाङ द्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा खुलाईएको छ ।
