दोहा,अक्टोबर ११ । कतारमा पहिलो पल्ट चार जिल्ला संस्थाहरुको संयुक्त आयोजनामा बिजया दशमी तथा दिपावलीको अवसरमा शुभकामनाआदानप्रदान हुने भएको छ।
बागमती प्रदेश अन्तर्गतका कतारमा स्थापित चार जिल्ला संस्थाहरु रामेछाप सेवा समाज कतार, नुवाकोट सेवा समाज कतार , काभ्रेपलान्चोक सेवा समाज कतार र दोलखा सेवा समाज कतारको संयुक्त आयोजनामा यहि आउदो अक्टोबर १४ तारिख शुक्रबारका दिन दोहा स्थित शालिमार रेस्टुरेन्टको सभा हलमा बिहानको ठिक ११ बजे देखि भब्य कार्यक्रम हुने भएको छ।
नेपालीहरुको महान चाड बिजया दशमी,शुभ दिपावली छठ पर्व लगायतको पावन अवसरमा गर्न लागिएको कार्यक्रममा बृहत् सांस्कृतिक, शुभकामना आदानप्रदान लगायत विविध मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजकले मुग्लानी खबरलाई जानकारी गराएको छ।
उक्त कार्यक्रमको लागि सम्पुर्ण तयारीहरु अधिकांस रुपमा भैइसकेको जानकारी गराउदै कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,कलाकार,साहित्यकार, ब्यबसायी, समाजसेवी लगायत कतारमा रहनु भएका सम्पुर्ण नेपालीहरु उपस्थित भई कार्यक्रमलाई सभ्य तथा भब्य रुपमा सफल बनाईदिन हुन आयोजकले सम्पुर्णमा आग्रह समेत गरेको छ।