दोहा, अक्टोबर २३। कतारमा स्थापित रोल्पालीहरुको जिल्ला संस्था रोल्पा जलजला सेवा समाज कतारले देउसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।
नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत, छठ लगायत पर्वहरुको पावन अवसरमा यहि आउदो अक्टोबर २८ शुक्रबारका दिन एसियन टाउन स्थित ह्वाईट हाउस रेस्टुरेन्टको सभाहलमा देउसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको संस्थाका अध्यक्ष देब पुनले मुग्लानी खबरलाई जानकारी गराएका छन।कार्यक्रम विहानको ठिक १२:०० बजे देखि शुरु हुनेछ।
कतारमा रहेका सम्पुर्ण रोल्पाबासी दाजुभाई तथा दिदिबहिनी हरुलाइ लक्षित गरि (आन्तरिक) कार्यक्रम आयोजना गरियको हुँदा दोहा कतारमा रहनुहुने व्यवसायी, पत्रकार, कलाकार, बुद्धिजीवी साथै सम्पुर्ण रोल्पाली दाजुभाई तथा दिदिबहिनीहरु उक्त रमाइलो कार्यक्रममा गरिमामय उपस्थिति भैई कार्यक्रमलाई भब्य तथा सभ्य रुपमा सफल बनाईदिन हुन आयोजकले सम्पुर्णमा अनुरोध गरेको छ।