काठमाण्डौ : प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको प्रथम अधिवेशनबाट उपसचिवमा चानक पोखरेल सर्वसम्मत चयन हुनुभएको छ ।
प्रवासी नेपाली मञ्च कतारका पुर्व अध्यक्ष, अन्तर्राष्ट्रीय कमिटी सचिवालय सदस्य, आर्थिक बिभाग प्रमुख, मध्यपूर्व क्षत्र ईन्चार्ज लगायतका विभिन्न पदमा आबद्ध बौद्धिक तथा शालीन व्यक्तित्व पोखरेल उपसचिवमा सर्वसम्मत चयन हुनुभएको हो । त्यसैगरि कतारबाटै मञ्चका संस्थापक अध्यक्ष कमल मणि गुराँगाई केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएको छ ।
काठमाडौं स्थित बुढानिलकण्ठ को (पार्क भिलेज रिसोर्ट ) मा गत आइतबार सम्पन्न प्रथम अधिवेशनबाट सञ्जय थापा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । अमेरिकाका थापाको नेतृत्वमा ३१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै अधिवेशन पनि सम्पन्न भएको हो ।
अधिवेशनमा अध्यक्ष मण्डलकी अध्यक्ष नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सहमतिको आधारमा सो नामावलीलाई घोषणा गरेलगत्तै हलबाट सर्वसम्मत पारित भएको हो ।
शनिवारबाट सुरु भएको अधिबेशनमा अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी सर्मा ओलीको प्रमुख आथित्यमा भएको कार्यक्रममा नेताहरु पुर्व उप -प्रधानमन्त्री इस्वर पोख्रेल, पुर्व गृहमन्त्री खगराज अधिकारी, प्रवास बिभाग प्रमुख राजन भट्टराई, बाग्मती प्रदेश पुर्व मुख्य मन्त्री अष्टलक्ष्मी शाक्य, लगायतका नेताहरु सहित प्रवासी नेपाली मञ्चमा आबद्ध बिश्वभरी बाट लगभग ३०० जनाको उपस्थिति रहेको थियो ।