काठमाडौं । पछिल्ला समयमा नेपाली सांगितिक लोक तथा दोहोरी क्षेत्रका चर्चित कलाकारहरु बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीको औपचारिक रुपमै डिभोर्स भएको छ।
बीस २०७६ साल माघ १ गते औपचारिक रुपमा बिहे गरेका जेरि र शंकरकी एक छोरी पनि रहेकि छिन।बिहिबार काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएपछि गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको जानकारी दिएका छन।
शंकर क्षेत्रीले सम्बन्ध बिच्छेद गर्ने मन नभएतापनी बैचारिक रुपमा मतभेद आएर दैनिक एक आपसमा झगडा हुन थालेपछी संगै बस्न नसकिएकोले सहमतिमै सम्बन्ध टुङ्ग्याएको बताएका छन।
उनिहरुले बच्चाको लालनपालन पिता शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने दुबैजनाको सहमति समेत रहेको बताएका छन।