ईलाम- ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस( डिसेम्बर 3) को अबसरमा “समावेशी विकासका लागि रूपान्तरित समाधान : पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान” भन्ने नाराका साथ इलाम चुलाचुली- २ को जागृती अपाङ्गता स्वावलम्बन समूह ले प्याली सहित हाजिरी जबाफ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
वडा नम्बर २ वडाअध्यक्ष लक्ष्मण श्रेष्ठ को प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापति डिक बहादुर राईले गरेका थिए । कार्यक्रममा करिब ६५ अपाङ्गता तथा तिनका परिबारका सदस्य हरुको उपस्थिति भएको कार्यक्रममा सञ्चारकर्मी राजन चापागाई ले सञ्चालन गरेका थिए भने कार्यक्रम को औचित्य माथी प्रकाश बिध्यानाथ पोख्रेल ले पारेका थिए ।
निर्वाचित बडा सदस्य आइतराज लिम्बू , तीन कुने टोल बिकाश संस्थाका संस्थापक अध्यक्ष चन्द्रबहादुर राई , निगुरे होली टोल बिकास संस्थाका उपाध्यक्ष श्याम सुन्दर मगर लगायतको उपस्थितिलाई स्वागत मन्तब्य अशोक पोखरेल ले गरेका थिए भने कार्यक्रमको सहजीकरण देबु चापागाईले गरेको थिए । हाजिर जबाफ प्रतियोगीतामा प्रथम , द्वितिय, तृतीय क्रमश बिरेन्द्र खनाल , बिमला पोख्रेल र लक्ष्मी न्योैपाने लाई प्रमुख अतिथि लक्ष्मण श्रेष्ठ ले पुरस्कर दिएर सम्मान गरेका थिए ।
प्रमुख अथिती वडा अध्यक्ष श्रेष्ठले आगामि दिनमा निति तथा कार्यक्रममा अपांगता समुहलाई पनि समेटेर संगसंगै अगाडि बढने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।