बागमती प्रदेश- गोकर्णेश्वर नगरपालिका वडा ९ शंखडोलमा स्थापित भगवती युवा क्लबको १६ औ वार्षिक उत्सवको अवसरमा विभिन्न नगर स्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन भब्यताका साथ सम्पन्न भएको छ।
भगवती युवा क्लबको आयोजनामा क्लबका अध्यक्ष अस्मिता श्रेष्ठको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा विशेष अतिथिहरुमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, प्याब्सन काठमाडौं जिल्लाका निबर्तमान अध्यक्ष एबम भगवती युवा क्लबका सल्लाहकार हरिकृष्ण श्रेष्ठ, वडा सदस्य हरिकृष्ण कारंजित, गमला कुमारी परियार, समाजसेवी जयराम बिष्ट , अत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामा, समाजसेवी एबम कानुनी सल्लाहकार गोपाल प्रसाद भण्डारी, महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक रामजी घिमिरे लगायत क्लबका पदाधिकारी,खेलप्रेमी बुद्धिजीवी समाजसेवी तथा स्थानिय दाजुभाई दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
संजय बि.क द्वारा सहजीकरण गरिएको कार्यक्रममा क्लबका सदस्य सुमन ताम्राकारले स्वागत मन्तब्यद्वारा उपस्थित सम्पुर्णलाई स्वागत गर्दै कार्यक्रमको उदेश्यबारे स्पष्ट पारेका थिए।कार्यक्रमको उद्घाटन प्रमुख अतिथी मेयर सन्तोष चालिसेको बाहुलीबाट दिप प्रज्वलन गरि गरिएको थियो।
उक्त कार्यक्रम सफलताको कामना गर्दै शुभकामना मन्त्यव्य राख्नेहरुमा प्याब्सन काठमाडौं जिल्लाका निबर्तमान अध्यक्ष एबं भगवती युवा क्लबका सल्लाहकार हरिकृष्ण श्रेष्ठ, वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, कानुनी सल्लाहकार गोपाल प्रसाद भण्डारी, लगायतका ब्यक्तित्वहरु रहेका थिए। वार्षिकोत्सबलाई थप मनोरञ्जन तथा खेल क्षेत्रको विकास गर्ने उदेश्य अनुरुप आयोजित नगरस्तरीय खेलकुद अन्तर्गत हाफ म्याराथन व्हिलचियर रेस कराते प्रतियोगिता,ब्याडमिन्टन प्रतियोगिता, फुटसल प्रतियोगिता, लगायतका खेलहरु रहेका छन। उक्त प्रतियोगिता अन्तर्गत आज हाफ म्याराथन प्रतियोगिताको भने गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाद्वारा रिबन काटी उद्घाटन गरेका थिए ।त्यसैगरी उक्त प्रतियोगितामा राम राई प्रथम भए भने अनिल आले मगर द्वीतीय र सविन गोले तृतीय भएका भए । विजयी खेलाडीहरुलाई प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार क्रमश १० हजार ,७ हजार र ५ हजार प्रमुख सन्तोष चालिस्व्को हातबाट प्रदान गरिएको छ। कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेले खेलकुद नै मानिसको जीव हो जसबाट सारा बिश्वमै नेपाललाई चिनाउन सकिन्छ जसको लागि भगवती युवा क्लबले समाजमा पुर्याएको योगदान अतुलनीय भएको बताउदै कार्यक्रमको पुर्ण सफलताका शुभकामना ब्यक्त गरेका थिए साथै भगवती क्लबप्रती आभार प्रकटगरेका थिए।