काठमाडौं उपत्यका अन्तर्गत रहेका बिधालयहरुबाट 'अन्तर बिधालय फुटसल कप-२०२२' भाटभटेनी फुटसलमा सम्पन्न भएको छ।
कार्यसमिति अध्यक्ष तथा बौद्धिक ब्यक्तित्व गेन्द्र लामाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्री सचिव टंकलाल घिसिङ रहेका थिए भने नेसनल प्याब्सनका केन्द्रिय सचिव बिष्णु पराजुली,बुनपा नगर समिती अध्यक्ष तथा प्याबसक सल्लाहकार नारायण बाबू तिमल्सिना,नेस्नल प्याब्सन काठमाडौं जिल्ला समिती उपाध्यक्ष मनोज अधिकारी लगायत विभिन्न क्षेत्रबाट शिक्षाप्रेमी खेलकुद प्रेमी, प्रतियोगी खेलाडीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो।
निजी तथा आवासिय विद्यालयको संगठन काठमाडौँ (प्याब्सक)को आयोजना
मा भएको अन्तर विद्यालय ‘प्याब्सक फुटसल कप–२०२२’ मा पुर्ब घोषित पत्रकार सम्मेलन अनुसार
काठमाडौँ भित्रका विभिन्न विद्यालयहरुबाट करिब ३२ वटा टिमले सहभागी जनाएका थिए।
उक्त दुई दिने प्रतियोगितामा मनास्लु वर्ल्ड कलेज चाबहिलले प्रथम स्थान,लुम्बिनी एकेडिमी चाबहिलले द्वितीय स्थान र प्रशान्ती एकेडेमी कपनले तृतीय स्थान हासिल गर्न सफल भएको छ।त्यसैगरी लुम्बिनी एकेडेमीका संजय वाईबा बेस्ट प्लेयर,मनास्लु वर्ल्ड कलेजका पदम तामाङ बेस्ट गोल किपर,संजय थापा मगर हाई स्कोर गर्न सफल खेलाडीहरु घोषणा भएका थिए।
त्यसैगरी बिजेताखेलाडी टिमहरुलाई प्रथम पुरुस्कार नगद १०,००० रुपैया,ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र, द्वितीय पुरुस्कार नगद ५००० रुपैया ट्रफी,सिल्भर मेडल र प्रमाणपत्र र तेस्रो हासिल गर्न सफल टिमलाई नगद ३००० रुपैया, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापती गेन्द्र लामाले लामो समयदेखी विद्यार्थी भाईबहिनिहरुका अन्तर्निहित कला संस्कृति र प्रतिभालाई उजागर गर्ने हेतुले विभिन्न अतिरिक्त कार्यक्रम एउटा संस्कारकै रुपमा स्थापित गर्दै आएका छौ।त्यही मध्येको यो फुटसल कप-२०२२ पनि एक भएको जनाउदै जस्मा भाग लिएर बिजयी हासिल गर्न सफल खेलाडी भाईबहिनिहरुलाई धन्यबाद र ब्यक्त गरेका थिए भने खेली हार ब्योहर्नु भएका खेलाडीहरुलाई कतिपनी बिचलित नभई अगाडी बढ्न सुझाव दिदै कार्यक्रमलाई सफल तुल्याउन अहोरात्र खट्नुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गरेका थिए।