काठमाडौं पीएमजेएफ (१६ डाइमण्ड) सेकेण्ड सेञ्चुरी उम्बेसडर लायन्स क्लबको इन्टरनेशनल डाइरेक्र, इण्डोर्सी पदको उम्मेदवारमा लायन खगेन्द्र सिटौलाले आफ्नो मनोनयन दर्ता गराएका छन। लायन्स क्लबस् इन्टरनेशनलका पूर्वकाउन्सिल चियरपर्सन तथा ग्लोबल एक्सन टिम एरिया लिडर समेत रहेका उनले आगामी जेठ २१ र २२ गते हुने लायन्स क्लबस् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनका लागि इन्टरनेशनल डाइरेक्टरमा आफ्नो उम्मेदवारी दिएका हुन्।
अन्तर्राष्ट्रिय लायन्सको क्षेत्रमा धेरै नयाँ रेकर्ड बनाउँन सफल उनले २००६/०७ मा सगरमाथामा लायन्सको झण्डा फहराएका थिए। अहिले लायन सिटौला विश्वका २ सय बढी राष्ट्रहरुमा नेपालको झण्डा फहराउने यात्रामा छन्। भोजपुरको संस्थापक सदस्यको रुपमा सन १९९७ मा लायन्स क्लब दिङला हुदै सिटौला लायन्स क्लबमा प्रवेश गरेका थिए। उक्त क्लबमा उनले २००२/०३ को क्लब अध्यक्षका रुपमा काम गरे । त्यसैगरि, २००२ देखि २००४ सम्म जोन चियर पर्सन हुँदै उनी सन् २००४÷०५का क्याबिनेट सेक्रेटरी बने भने २००६/०७का डिस्ट्रिक ३२५ (ए) का डिस्ट्रिक गभर्नरको रुपमा चयन भए ।
सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउँदै उनी, सन् २०१२/२०१३ मा मल्टिपल डिस्ट्रिक ३२५ नेपालका काउन्सिल चियर पर्सन भएर काम गरेका थिए। त्यसैगरि सन् २००७/०८ देखि मल्टिपल डिस्ट्रिक ३२५ एल सी आइ एफको कोर्डिनेटर भएका उनले सन् २०१०/०११ देखि २०१५/१६ सम्म मल्टिपल डिस्ट्रिक ३२५ लायन्स क्वेष्ट चियरपर्सन हुदै सन् २०१३/१४ देखि २०१५/०१६को जी एम टि मल्टिपल डिस्ट्रिक ३२५ कोर्डिनेटर रहेर काम गरिसकेका छन्। सिटौला हाल सम्म ४ पटक अन्तर्राष्ट्रिय डाइरेक्टर इण्डोर्सी भएका छन् ।
उनी सन् २००८मा डिस्ट्रिक ३२५ ए बाट सन् २०१० मा डिस्ट्रिक ३२५ ए बाट सन् २०१२मा डिस्ट्रिक ३२५ ए १ बाट र हाल सन् २०२१मा डिस्ट्रिक ३२५ ए१ बाट इण्डोर्सी भएका हुन् । गभर्नर हुँदा होस् अथवा अन्य जिम्मेवारीमा रहँदा उनले लायन्समार्फत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन्। सिटौलाको अनुभव, खारिएको प्रतिभा, समाजसेवामा सक्रिय भूमिका र कार्यकौशलताले लायन्सको साँखलाई उचो पारेको छ।
उनी सफल नेतृत्वको परिचायक पनि बनेका छन्। सन् २०१७ देखि सन् २०१९ सम्म जी एम टि एरिया लिडर मल्टिपल डिस्ट्रिक ३०५ पाकिस्तान तथा मल्टिपल डिस्ट्रिक ३२५ हुदै सन् २०१९ देखि हाल सम्म जी एटि एरिया लिडरको रुपमा सक्रिय हँुदै आएका छन् । उनले ८ वटा अन्तर्राष्ट्रिय अध्यक्ष पदक, ४ लिडरसिप पदक, एल सी आइ एफ कन्ट्रीब्यूटर पदकका साथै धेरै अन्तर्राष्ट्रिय अध्यक्षका प्रमाणपत्र प्राप्त गरेका छन् ।