काठमाडौं जिल्ला प्रशासन कार्यालयले सर्वोच्च अदालतको आदेशबाट अनागरिक भएका निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्रमाणपत्र लिएको पुष्टि गरेको छ।
लामिछाने सर्वोच्चको आदेशपछि नागरिकताको प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन काठमाडौं पुगेका थिए। गत शुक्रबार सर्वोच्चको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पूरा गर्न आदेश दिएको थियो। सोहीअनुसार लामिछानेले प्रशासन कार्यालय पुगेर नागरिकता लिएका हुन्