बसन्तराज सुब्बा (झापा) -स्थानीय सरकार कमल गाउँपालिका-३,वडा कार्यलयको आर्थिक सहयोगमा "समावेशी महिला शसक्तिकरण केन्द्रद्वारा फागुन ६ गते गुडिया बनाउने १५ दिने तालिम भव्यताका साथ समापन कार्यक्रम गरेको छ ।
समावेशी महिला सशक्तीकरण केन्द्रकी अध्यक्ष शृजना पौडेलको अध्यक्षतामा प्रमुख अथिती कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई र विशिष्ट अथिति उपप्रमुख प्रमिला तिवारीको उपस्थितमा सम्पन्न गरिएको हो। पछिलो समय नयाँ-पुस्ताहरुमा बिवाह, ब्रतवन्ध,जन्म दिवस लगायत उत्सव जस्ता पार्टीहरुमा गिफ्ट आईटम्सका रुपमा प्रयोग हुँदै आएका हातले बनाएको /गुडियाजन्य सामाग्री घरेलु सजावटमा आकर्षक मानिने गरिन्छ।
कमल गाउँपालिका अन्तर्गत विभिन्न सामाजिक गतिबिधीहरु सञ्चालन गर्दै आएको नारीहरुको बिशुद्ध संस्था समावेशी महिला सशक्तिकरण केन्द्रले स्थानीय तहमा छुट्टै पहिचान बनाएको छ।उक्त संस्थाले बिगतका दिनहरुमा कोरोनाको आरम्भिक संकटकालमा आफैले उत्पादन गरि मास्क बितरण र कोरोना कहर बारे जनचेतना मुलक कार्यक्रमहरु, केर्खा बजार सरसफाई, महिलाजन्य विभिन्न सिलाई तालिम, केर्खा बजार डिभाईडर-बाटिकामा फुल/बेर्ना रोपण जस्ता आदि इत्यादी कार्यक्रमहरु गर्दै आएको समावेशी महिला सशक्तिकरण केन्द्रले यस पटक कमल वडा नं ३ को बजेट सहयोगमा गुडिया निर्माण गर्ने पन्ध्र दिने तालिम सञ्चालन गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि कमल प्रमुख हुकुमसिंह राई, बिशेष अथिति प्रमिला तिवारीद्वारा शुभकामना मन्तव्य राखिएको कार्यक्रममा गुडिया बनाउन तलिम प्रशिक्षिका आशा शुब्बालाई प्रमुख अतिथिको हातबाट प्रमाण पत्र प्रदान गरि सम्मान गरिएको थियो भने प्रशिक्षार्थीहरु सबैलाई प्रमाण पत्र वितरण गरिएको थियो ।संस्थाले सबै अतिथिहरुलाई आफैले बनाएको कुशन/गुडियाहरु मायाको चिनो स्वरुप प्रदान गरेका थिए। अतिथिहरु कमल वडा नं ३ का अध्यक्ष अग्नी प्रसाद कोइराला , पालिका सदस्य केशरा बर्देवा , वडा सदस्य चन्द्र मगर, मुग्लानी खबर प्रतिनिधि बिरेन्द्र याख्थुम्बा, सुर्य दङ्गाल लगायत उपस्थित रहेका थिए। राष्ट्रियगान र सहिदहरुप्रती मौन धारण बाट शुरूवात गरिएको उक्त कार्यक्रमलाई संस्थाकी सचीव भगवती राईले संञ्चालन गरेकी थिईन भने स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष उषा भण्डारीले राखेकी थिईन।
अन्त्यमा सभापति सृजना पौडेलले वडाले नै आफै तालिम कर्ताको नामावली वडा न.३,को ९ ओटै टोल विकास संस्था बाट दिएको बताएकी थिईन।जम्मा ११ प्रशिक्षार्थीहरु रहेकोमा सम्पुर्णलाई आगामी दिनको उत्तरोत्तर प्रगतिको शुभकमना दिदै कार्यक्रम सहयोगी सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेकी थिईन।