
मुग्लानी खबर १७ पुस
कृष्णबहादुर थापाद्वारा लिखित “मर्यादित बुढेसकाल” नामक पुस्तकको बिमोचन संस्कृतिविद सत्यमोहन जोशीले बुधबार सार्वजनिक गरेका छन् । कार्यक्रम होटेल हार्दिक वागवजारको सभाहलमा प्रा.डा.सुरेन्द्र केसीको सभापतित्व तथा संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा पुस्तकको बिमोचन भब्य सभ्य तरिकाले सफल समापन भएको थियो ।
कार्यक्रममा प्रा.डा.सुरेन्द्र के.सि को सभापतित्व संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सुरुवात भएको कार्यक्रममा अतिथिहरु नागरिक समाजका अगुवा सुन्दरमणी दिक्षित , विरेन्द्र मिश्र , आर. बी बस्नेत , कृष्णबहादुर थापा प्राध्यापकहरु लगायत बरिस्ठ साहित्यकार,कबिकार साथै विभिन्न बुद्दीजीविहरुको बाक्लो गरिमामय उपस्तिथी रहेको थियो। होटेल हार्दिक बागवजारको सभाहलमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै सत्यमोहन जोशीले “मर्यादित बुढेसकाल” पुस्तकले आफूलाई विगतका संघर्षशील दिनहरू सम्झना गराएको उल्लेख गरे ।
कार्यक्रमा पुस्तक “मर्यादित बुढेसकाल” लेखकका बारेमा राम बहादुर पहाडी,सुन्दरमणी दिक्षितले परिचयात्मक टिप्पणी गरेका थिए । “मर्यादित बुढेसकाल” मा लेखकले उनले भोगेको बुढेसकालको परिघटनालाई समेटेका छन् । “यो एउटा उत्कृष्ट साहित्यिक कृति पनि हो”,प्रा.डा.सुरेन्द्र के.सी ले बताए । अन्त्यमा सभापति प्रा.डा. सुरेन्द्र केसीले उपस्थित सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्दै कार्यक्रम सफलताको लागि अनबरत सहयोग पुर्याउनु हुने सम्पुर्णमा आभार ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।