विश्वभरिका सबै मानिसहरु सुख र खुशीका लागि दैनिक भौतारिरहेका छन्।
हरेक पल त्यहि खुशी र सुख कसरी पाप्त गर्न सकिन्छ भनेर सोचिरहेका छन् तर खुशी प्राप्त गर्न ठुलै कुरा होईन सानै कुराहरु हामीले छोडिरहेका छौ भन्ने कसैलाई पत्तो नहुन सक्छ। हामीले हाम्रो दैनिक जिवनमा रहेका साना साना कुराहरु लाई मात्र ध्यानमा राख्ने हो भने खुशी हुन् कतै जान पर्दैन ।
तपाईले आफ्नो जीवनशैलीलाई अलिकति परिवर्तन गर्ने हो भने पनि खुसीयाली युक्त जीवन बाँच्न सक्नुहुन्छ । तपाई पनि जीवनमा खुसी र स्वस्थ रहन चाहनुहुन्छ भने यी उपायहरु अपनाउनुहोस्ः
१.व्यर्थको चिन्ता नलिनुहोस्
२. अरुको खुसी वा सफलताबाट दुःखी वा चिन्तित नहुनुहोस
३. सँधै सकरात्मक सोच राख्नुहोस
४. अरुसँग व्यर्थको अपेक्षाहरु नराख्नुहोस
५. हरेक कार्यलाई आफ्नो हैसियत वा क्षमता अनुसार गर्नुहोस
६. हरेक सम्बन्ध र मित्रतालाई सहज तरिकाले निर्बाह गर्नुहोस
७.सर्वप्रथम आँफैलाई बढि महत्व दिने गर्नुहोस
८. देखावटी कुराहरु र कृत्रिम चीजहरुबाट टाढा रहने
९. अनावश्यक इच्छा वा आकांक्षामा लगाम लगाउनुहोस
१०. बोल्दाखेरी संयम र सोचेर बोल्ने गर्नुहोस
११. सानो सानो सफलतामा आनन्द लिने गर्नुहोस
१३. आफुलाई आत्मविश्वासी बनाउनुहोस
१४. आफ्नो हार वा कमजोरी स्विकार्न सिक्ने
१५. अरुलाई कहिलेपनि घोचपेच र आलोचना नगर्नुहोस
१६. अरुको दुखमा सक्दो सहयोग गर्नुहोस
१७. हरेक दिन आफ्नो परिवारलाई प्राथामिकतामा राखेर काम गर्नुहोस
१८. आफ्नो खुसी र आनन्दको लागि कामलाई ठुलो वा सानो नभन्नुहोस
१९. आफ्नो रुचि अनुसार समय ब्यबस्थापन गर्नुहोस
२०. सानै कुरामा कुरामा खुशी हुन सिक्नुहोस