काठमाडौं, गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजको संयुक्त आयोजनामा मेडिकल कलेजको प्राङ्गणमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल मेडिकल कलेजका प्रबन्ध निर्देशक मोहम्मद बर्सोउद्दिन अन्सारीको सभा अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसाल बिशेष अतिथिहरूमा गोकर्णेश्वर नगर उप प्रमुख सान्नानी लामा,वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ,वडा नं ६ वडा सदस्य बच्चुराम शर्मा कुईकेल, गोकर्णेश्वर स्वास्थ शाखा प्रमुख हरि प्रसाद उपाध्याय,डा. राजेश कृष्ण श्रेष्ठ,अस्पताल प्रमुख: मोदनाथ मरहट्ठा, प्रशासक प्रमुख ज्योती खड्का क्षेत्री लगायत विभिन्न संघ संस्था बुद्धिजीवीको,स्वास्थ्य क्षेत्रमा आबद्ध दाजुभाई तथा दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कलेजकी छात्रा वर्षा डाँगीद्वारा सहजीकरण गरिएको कार्यक्रममा स्वागत मन्तव्य प्रयोगशाला बिज्ञ पुष्पलाल खनालले दिएका थिए।कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठले विविध बिषय बस्तुलाई समेट्दै बिगतका दिनहरुमा भन्दा अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउदै आगामी दिनमा थप सेवा प्रदान हुनेमा बिश्वास ब्यक्त गरेका थिए।
कार्यक्रमका विशिष्ट अतिथी तथा नगर उप प्रमुख सान्नानी लामाले आफ्नो मन्तव्य राख्दै मानिस रगत अभावमा छटपटाइरहेको हुन्छ र रगत नपाएर उपत्यका भित्तका विभिन्न अस्पताल धाउनु परेको तितो अनुभव बताउदै अब यस्तो ब्लड डोनेसन जस्तो पुन्य कामलाई अगाडि बढाउने हो भने अब त्यो समस्याको अन्त्य हुने बताएकी थिईन। त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी तथा गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसालले बिगतका दिनहरुमा मेडिकल कलेजमा रगतको अभाव हुँदा गोकर्णेश्वर ब्लड डोनेसनमा जानु पर्ने अवस्था, नगर प्रमुखको हस्ताक्षर लगायतका केही झन्झटिलो प्रावधानलाई हटाउँदै सम्झौता अनुसार एउटा अफिस कोठा उपलब्ध गराइदिन नेपाल मेडिकल कलेज प्रशासन संग अनुरोध गर्दै जसमा आवस्यक दक्ष कर्मचारी समेत नगरपालिकाले ब्यबस्थापन गरि आवस्यक ब्लड र नगरबासीलाई सेवा सुबिधा सहज रुपमा उपलब्ध गराउने बताए।उनले अस्पताल संग भएका सम्झौताहरु कार्यन्वयन हुँदै यहाँका नागरिकहरुका लागि नेपाल मेडिकल कलेजले प्रदान गरेको सेवा प्रति खुशी ब्यक्त गरेका थिए।नगर प्रमुख रिसालले नगरबासीलाई रगत पुर्ण रुपमा निशुल्क उपलब्ध गराउने समेत प्रतिबद्धता जाहेर गरेका थिए। साथै यो ब्लड डोनेसन जस्तो पुण्य कार्यमा सरिक सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा धन्यबाद ब्यक्त गरेका थिए।
उक्त कार्यक्रममा स्वस्फूर्त रुपमा रक्तदान गर्न इच्छुक करिब १०० जना सहभागी रहेका थिर।जसमध्ये विविध कारणले ७५ जनाले मात्र रक्तदान गरेका थिए।रक्तदान कार्यक्रमलाई सफल बनाउन बिशेष भुमिका निर्बाह गर्ने विभिन्न सहयोगी संस्थाहरुमा एन एम सी ब्लड बैंक,नेपाल मेडिकल कलेज युथ सर्कल,लाइनस् क्लब अफ काठमाडौं डाँफे,छहारी युवा क्लब,नेपाल मेडिकल कलेज परिवार,मासिक १०० अभियान नेपाल,ग्राम निर्माण बन्धु मण्डल क्लब,प्रगती महिला समूह लगायत विभिन्न संघ संस्था बुद्धिजीवी,स्वास्थ कर्मी लगायत रहेका थिए।