नेपालमा पछिल्लो केही महीनायता मात्रै हजारौं घरजग्गा लिलामीमा चढेका छन् । व्यवसाय सञ्चालनका लागि लिएको ऋणको साँवा–ब्याज समयमै तिर्न नसक्नेहरूको धितोवापत लिएका घरजग्गाहरू बैंक तथा वित्तीय संस्थाहरूले धमाधम लिलामी गर्न थालेका हुन् ।
असोजमा बैंक तथा वित्तीय संस्थाहरूबाट १०० भन्दा कम लिलामीका सूचना प्रकाशित भएका थिए, जसको हिस्सा ११ हजार ३०० सीसी रहेको थियो । तर, कात्तिकमा एकै पटक ३०६ ओटा लिलामीका सूचना प्रकाशित भएका थिए, जसको हिस्सा ३५ हजार ५८७ सीसी विज्ञापन थियो । जुन अघिल्लो महीनाको तुलनामा ३ गुणाले बढी हो ।
मंसिरमा पनि लिलामीका सूचनामा बाढी नै आयो । मंसिरमा यो संख्या बढेर ३४६ पुग्यो, जसको हिस्सा ४० हजार ८१० सीसी विज्ञापन बराबर थियो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।