मुग्लानी खबर १८ जेठ
पहिला ५० ग्रामसम्मको सुनका गहाना ल्याउन कर तिर्नुनपर्ने यसअघिको व्यवस्थाबारे आर्थिक विधेयकमा केही नभनी सरकारले विदेशमा काम गरेर फर्किने नेपाली कामदारले अव १०० ग्राम सम्म काँचो सुन ल्याउन पाउने व्यवस्था गरेको छ । त्यसका लागि कर भने तिर्नुपर्नेछ ।

अब ५० ग्रामसम्म सुन ल्याउँदा एक ग्रामको ५२० रुपैयाँका हिसावले कर तिर्नुपर्ने हुन्छ । यसअनुसार १० ग्रामको ५२ सय र ५० ग्रामको २६ हजार भन्सार लाग्छ ।
५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६२० रुपैयाँ कर लाग्नेछ । यसअनुसार ५०ग्रामबाट बढेर १० ग्राम बढी सुन ल्याएमा थप ६२ सय र ५० ग्राम ल्याएमा थप ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्ने भन्सार विभागका एक उच्च अधिकारीले जानकारी दिए ।
‘कुल सय ग्राम सुन ल्याउने हो भने पहिलो ५० ग्राममा २६ हजार रुपैयाँ र पछिल्लो ५० ग्राममा ३१ हजार भन्सार तिर्नुपर्छ,’ ती अधिकारीले भने,’सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत गरिनेछ ।’
अहिले नयाँ व्यवस्थाअनुसारको झिटीगुन्टा आदेश सकेको छैन । यसका कारण यात्रुले गहनाका रुपमा लिएर र लगाएर आउने सुनका हकमा के हुने भन्ने अन्योल छ ।
भन्सार विभागका अधिकारी भने आर्थिक विधेकयले सुन मात्रै भनेकाले अब गहना पनि भन्सार नतिरी ल्याउन नपाइने तर्क गरिरहेका छन् ।