
बागमती प्रदेश- काठमाण्डौ गोकर्णेश्वर नगरपालिका प्रमुखमा नेकपा समाजबादी एकीकृतका नेता गोपाल बराल र नगर उप- प्रमुख पदका लागि माओबादी केन्द्रका पेमा छिरी शेर्पाले मनोनयन दर्ता गराएका छन।
ससत्तारुढ गठबन्धन सम्बद्ध दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादी बीच चुनावी तालमेल अनुसार गोकर्णेश्वर स्थित निर्वाचन समिती कार्यालय जोरपाटीमा उपस्थित भई मनोनयन दिएका हुन। गोकर्णेश्वरमा नेपाली कांग्रेससँग सहमति हुन नसकेपछि माओवादी केन्द्र र एकीकृत समाजवादी बीच मात्रै चुनावी तालमेल भएको छ।
चुनावी तालमेल गर्ने सहमति अनुसार गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुखमा नेकपा एकिकृत समाजबादीका नेता गोपाल बराल र नगर उप प्रमुखमा नेकपा माओवादी केन्द्रका नेता पेमा छिरी शेर्पाले गोकर्णेश्वरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय जोरपाटीमा उपस्थित भई भब्य र्याली सहित उम्मेदवारी दर्ता गराएका हुन।
शिक्षा क्षेत्रमा आवद्ध रहेर समाज सेवा गरिरहेका पेमा छिरि शेर्पा नेकपा माओवादी केन्द्र बागमती प्रदेश परिषद सदस्य एवम् गोकर्णेश्वर नगर इन्चार्ज समेत रहेका छन।
आफ्नो कार्यकालमा यस्ता भौतिक पूर्वाधार विकासमा जनबिचारका आधारमा अघि बढ्ने उनको योजना छ । आफूले उपप्रमुखमा निर्वाचित भएपछि सरकारबाट पाउने सेवा सुविधा पनि नलिने र त्यसबाट आउने रकम विकास निर्माणमै लगाउने शेर्पाको प्रतिबद्धता जनाएका छन।