
म्हेन्दोमाया कलाकार संघ नेपाल पालिका कार्यसमिती रुबि भ्यालीको आयोजनामा तामाङ राष्ट्रिय पर्व मञ्जुश्री संम्बत २८५९ सोनाम ल्होछार (ह्योई ल्हो) बिरालो बर्गको अबसरमा शुभकामना आदान-प्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम मानंसिङ धर्म माध्यमिक बिद्यालय मनमैजु, काठमाडौंमा सम्पन्न भएको हो।
“मौलिक संस्कार,संस्कृतिको संरक्षण गरौं, २८५९ औं सोनाम ल्होछार भब्यताका साथ मानाऔ” भन्ने मुल नाराका साथ म्हेन्दोमाया कलाकार संघ नेपाल पालिका कार्यसमिती रुबि भ्यालीका अध्यक्ष जयबिर तामाङको सभापतित्व तथा प्रतिनिधि सभा सदस्य,पुर्बगृहमन्त्री मा.बुद्धिमान तामाङको प्रमुख आतिथ्य एबं प्रतिनिधि सभा सदस्य बिना लामाको विशेष आतिथ्यमा भएको हो।
त्यसैगरी अतिथिहरुमा रुबि भ्याली गाउँपालिका ३ वडा अध्यक्षहरु फेदोर्जे तामाङ, म्हेन्दोमाया कलाकार संघ नेपालका संरक्षक मर्नेन तामाङ, म्हेन्दोमाया समाज नेपालका संथापक अध्यक्ष बिगेन्द्र वाइबा तामाङ म्हेन्दोमाया कलाकार संघ धादिङका अध्यक्ष विकल लामा,राप्रपा धादिङ क्षेत्रीय सदस्य नरमान तामाङ,छन्तामन तामाङ रुबिभ्याली गाउँपालिका सदस्य आइता घले,नेकपा एमाले रुबि भ्याली अध्यक्ष प्रेम तामाङ महाधिवेशन प्रतिनिधि नेपाली कङ्रेस धादिङ सेतेमान तामाङ ताम्सालिङ रास्टिया समिती उपाध्यक्ष नोर मान तामाङ जिल्ला अध्यक्ष जसापा धादिङ ईमान तामाङ मिस तामाङ पोखरा रोश्मा तामाङ,केसमान तामाङ,रेशम तामाङ वरिष्ठ म्हेन्दोमाया गायक हेम वाइबा, रोशन फ्युबा देब थोकर लगाएत स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित ब्यक्तिहरुले मन्तब्य राख्दै म्हेन्दोमाया कलाकार संघ नेपाल पालिका कार्यसमिती रुबि भ्यालीले मौलिक सांस्कृतिकलाई उत्थान संरक्षण सम्बर्द्धनका लागि प्रमुखतामा राख्दै कार्यक्रम आयोजनामा सहयोग गरिदिएकोमा धन्यबाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तरता रहनेमा बिश्वास ब्यक्त गरेका छन ।
कार्यक्रममा विशेष ब्यक्तिहरुलाई सम्मान गरिएको थियो। अतिथि कलाकारहरुलाइ मायाको चिनो प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा चर्चित कलाकारहरु देखि स्थानिय कलाकारहरुका प्रस्तुतिले उपस्थित सम्पुर्णमा छुट्टै रौनक थपिएको थियो । म्हेन्दोमाया क्षेत्रका वरिष्ठ ब्यक्तिहरुको बाक्लो उपस्थिति तथा मिठो प्रस्तुति रहेको थियोे ।
विशेष अतिथि प्रतिनिधि सभा सदस्य बिना लामाले हाम्रो जातीय पहिचान र भेष भुषा र संकृतिको जागरण गर्नेमा जोड दिदै हाम्रो लोप भैईरहेको मौलिक संस्कृतिलाई संरक्षण गर्दै धादिङलाई नमुनाको रुपमा निर्माण गर्ने बताउदै आगामी बर्षहरुमा पनि कार्यक्रमलाई निरन्तर दिनु अग्र गर्दै सहयोग निरन्तरता दिने प्रतिबद्धता जनाएको थिए ।
प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य,पुर्बगृहमन्त्री मा.बुद्धिमान तामाङ तामाङ आफ्नो जातिय पहिचान सहित राष्ट्रिय स्तरीय कार्यक्रम आगामी दिनहरुमा बिशेष सहयोग रहने भन्दै धादिङ जिल्लामा धार्मिक पर्यटकीय स्थलको संरक्षण,सम्वर्धन प्रवद्धर्न गर्न विशेष पहल गर्ने बताउनु भएको थिए ।
अन्त्यमा कार्यक्रमका सभापति जयबिर तामाङले कार्यक्रम सभ्य तथा भब्य रुपमा सम्पन्न भएको र सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्यद्वारा संघका संरक्षक थर्चा लामाले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण संघका सल्लाहकार सो बहादुर तामाङले गरेका थिए।