काठमाडौ - तामाङ जाती तथा नेपालीहरुको बिशेष चाड २८५८ औ सोनाम ल्होछार ताक ल्हो (बाघ) बर्गको उपलक्ष्यमा नागार्जुन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष शुक्र बहादुर तामाङले शुभकामना ब्यक्त गर्नुभएको छ।
वडा अध्यक्ष तामाङले सोनाम ल्होछार ताक ल्हो (बाघ) बर्गको पावन अवसरमा समस्त वडाबासी तथा बिश्वभरी रहनुभएका सम्पुर्ण दाजुभाई दिदिबहिनीहरुमा सुख शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।उहाँले कोरोनाको यस महामारीमा आफू बचौ र अरुलाई बचाउ भन्ने भावना अनुरुप भिडभाड नगरी स्वास्थ्य मापदन्ड पुर्ण रुपमा पालना गरि मनाउन समेत आग्रह गर्नुभएको छ।
नेपाल बहुल जाती,बहु भाषा धर्म संस्कृतिले भरिपुर्ण देश भएकोले बिशेष गरि तामाङ जातिले भव्यरुपमा मनाउदै आएको सोनम्म ल्होछार पर्वले नेपाली- नेपालीबीच आपसी सहिष्णुता वन्धुत्वको भावनाको विकास गर्दै सामाजिक सांस्कृतिक ऎक्यवद्धता सदभाव र भातृत्वको विकास गर्दै सांस्कृतिक सदभाव आपसी सहयोग र राष्ट्रिय एकता मजबुत बनाउन सबैलाई प्रेरणा मिलोस भन्दै शुभकामना व्यक्त गर्नुभएको छ।
