काठमाडौ - मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले तामाङ जाती तथा नेपालीहरुको बिशेष चाड २८५८ औ सोनाम ल्होछार ताक ल्हो (बाघ) बर्गको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्नुभएको छ। अध्यक्ष लामाले सोनाम ल्होछार २८५८ औ (बाघ) बर्गको पावन अवसरमा समस्त कलेज परिवार,शिक्षक विद्यार्थी अभिभावक,शिक्षाप्रेमी तथा बिश्वभरी रहनुभएका तामाङ तथा गैर तामाङ सम्पुर्ण नेपालीहरुमा सुख शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।उहाँले कोरोनाको यस महामारीमा आफू बचौ र अरुलाई बचाउ भन्ने भावना अनुरुप भिडभाड नगरी पुर्ण रुपमा स्वास्थ मापदन्ड पालना गरि ल्होछार मनाउन समेत आग्रह गर्नुभएको छ।
नेपाल बहुल जाती,बहु भाषा धर्म संस्कृतिले भरिपुर्ण देश भएकोले बिशेष गरि तामाङ जातिले भव्यरुपमा मनाउदै आएको सोनम्म ल्होछार पर्वले नेपाली- नेपालीबीच आपसी सहिष्णुता वन्धुत्वको भावनाको विकास गर्दै सामाजिक सांस्कृतिक विकास धर्म संस्कार संस्कृतिको संरक्षण सम्बर्धन र प्रबर्द्धन गर्दै राष्ट्रिय एकता मजबुत बनाउन सबैलाई प्रेरणा मिलोस भन्दै शुभकामना व्यक्त गर्नुभएको छ।