राष्ट्रिय परीक्षा बोर्डले आज एसइईको नतिजा सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीका अनुसार मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको हो ।
गत वैशाख ८ गतेदेखि सञ्चालन भएको परीक्षामा देशभर चार लाख ९४ हजार ६८१ विद्यार्थी सहभागी भएका थिए ।