सम्पादकीय
काठमाडौ ,७ बैशाख - हरेक ३६५ औ दिन पश्चात् आउने अर्को दिनलाई नै नयाँ वर्षको रुपमा मान्ने गरिन्छ र नयाँ बर्षको शुभकामना आदानप्रदान गर्नुका साथै हर्षोलासका साथ मनाउने गरिन्छ।
बर्ष फेरिने क्रममा फेरि बिक्रम सम्बत२०७६ ले बिदाइ गरेको छ भने २०७७ को आगमन सङ्गै स्वागत समेत गरिएको छ।यति बेला नयाँ बर्ष २०७७ का बारेमा विभिन्न अड्कल बाजीहरु गरिन्छ्न जस्तै: कति फलिफाप होला?, शुभ असुभ के होला? राजनीतिक, सामाजिक आर्थिक परिबर्तन कस्तो होला? अथवा सम्पूर्ण नेपालीहरुले सुख शान्ती समृद्धिको अपेक्षा गरेको जस्तो होला कि नहोला भन्ने आम नेपाली नागरिकको चासो रहेको पक्कै छ। तर पुर्ण रुपमा कस्तो रहला भन्ने बिषयमा भोगेपछी मात्र थाहा हुनेछ आसा छ नयाँ बर्ष २०७७ ले त्यो आसामाथी भरोसा थप्नेछ।
हामि एकपल्ट २०७६ साल तिर फर्केर हेरौ ।हाम्रो २०७६ सालमा आर्थिक सामाजिक राजनितिक विभिन्न उथलपुथल ठुलै भए नेपाली राजनिती क्षेत्रले विभिन्न समयमा सामाजिक संजाल मात्र तताएन ठुलै आलोचना समेत बेहोर्नु पर्यो ।एक समयमा शृङ्खलाबद्ध रुपमा विभिन्न कान्डै कान्डहरुको बिगबिगी नै भयो जस्तै: कर फर्स्योट आयोगको अनयमितता, आयलनिगम जग्गा खरिद,वाईडबडी जहाज खरिद, बिधुत प्राधिकरणको महशुल,नक्कली भ्याट बिल प्रकरण, बिश्वबिद्धालयमा बेथिती, बालुवाटार जग्गा बिक्रि प्रकरण, नेपाल ट्रस्टको जग्गा बिक्री,सेक्युरिटी प्रेस, टेलिकम फोरजी बिस्तार,दुरसन्चार ठेक्का लगाएत कोरोना भाईरस बिरुद्ध स्वास्थ्य सामाग्री खरिद प्रकरण जस्ता गतिबिधिहरु बाट आम नेपाली नागरिकहरुमा नकारात्मक प्रभाव परेकोमा नकार्न सकिँदैन। नेपाल सरकार सम्पुर्ण आम नागरिकको आखामा स्पष्ट र छर्लङ्ग हुनुपर्दछ जस्ले गर्दा आगामी २०७७ सालमा त्यस्ता प्रकरणमा आलोचित हुन नपरोस भन्ने सबैको मनकामना पक्कै रहेको हुनुपर्छ।
२०७६ सालमा राजनितीक, आर्थिक , सामाजिक र सास्कृतिक परिबर्तन भए तर गरिब दिन दुखी, उत्पिडन, बिपन्न बर्गका विभिन्न मुद्दा हरु सम्बोधन भए कि भएनन भन्ने मुल बिषय हो।हिमाल पहाड र तराईका आम नागरिकका दिन चर्यामा कति परिबर्तन आए कि आएनन भन्ने हो।बिकाश, निकास देश कत्तिको समृद्धि भयो भन्ने हो।नेपालको राजनिती परिबर्तन सङ्गै बोलिएका भाषणहरु कत्तिको पूरा भए कि नै भन्ने कुरा हो। स्वयं सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने, घरघरमा ग्यासका पाईप जडान गर्ने ,खाना नपाएर भोकै बस्नु पर्ने दिनको अन्त्य, भ्रष्टाचार गर्ने मान्छेको मुख पनि हेर्दिन भनेर बोल्नु भएका बिषयहरु के कति पुरा भए? त्यो जनताले नै मूल्याकंन गरेका छन होला।
यो देशले २०७६ सालमा कति आर्थिक उन्नती गर्यो भन्ने बिषयमा मलाई पुर्ण रुपले थाहा नपाएको हुदा यहाँ तथ्यांक जोड्न राख्न चाहिन तर देशमा तीन तहका सरकार हुँदै गर्दा देशलाई आर्थिक भार भने पक्कै थुप्रीएको छ।त्यति मात्र होइन ठ्याक्कै प्रमाण नभएपनी २०७६ सालभित्रका बिभिन्न काण्डले स्पष्ट के पार्दछ भने तिनै तहका सरकारमा भ्रष्टाचार पनि मौलाएको थियो।जसका कारण जनता र सरकारले अपेक्षाकृत बिकाश भएको पनि पक्कै छैन।विभिन्न बिज्ञहरुका बिश्लेशनलाई मात्र बुझ्ने हो भने संघियताले देश बिकाश तथा राष्ट्रको समृद्धिमा ढोका नै नलागेपनि केहि ढिलासुस्ती भने अवस्य देखियो।
सामाजिक र सास्कृतिक परिबर्तनका कुराहरु हेर्ने हो भने ७६ सालमा धर्मान्तरका बिषयमा बेलाबेलामा विभिन्न क्षेत्रमा बादबिबादहरु भएकै हुन।जस्ले गर्दा समाजमा केही नराम्रा प्रभाव परेकै हो।कानुनले स्वैच्छिक रुपमा धर्म मान्ने अधिकार दिएपनी बिदेशी आयातित धर्मावलम्बीहरुले आफु आकर्षण गर्न विभिन्न किसिमका लोभ लालच देखाएर अबान्छित गतिबिधी भएका हुन। जुन ६२/६३ को जन आन्दोलन पश्चात् अत्यन्तै मोलाउदै गएका र ७६ साल सम्म आइपुग्दा पनि यसको न्यूनीकरण हुनुको सट्टा बिकराल रुप लिदै गएको छ।
अब हामी ७६ साललाई बिदा गरिसकेका छौ र २०७७ सालको पुर्बसन्ध्यामा छौ।अब नेपाल र नेपालीहरुको समग्र चाहाना यहि हुनसक्छ कि जस्तो २०७६ सालमा बेहोर्न परेका विभिन्न कान्डहरु सुन्न पर्नेछैन। देशले तिब्र गतिमा बिकाशतिर उन्मुख रहनेछ। धार्मिक रुपमा साताब्दियौ देखि मिलेर आएको यो समाजले यो वा त्यो बहाना वा कसैको ब्यक्तिगत फाइदाका निमित्त गलत कार्य नहोस।भाषणमा बोलिएका बोलिहरुले पुर्णता पाउनेछ।गरिब, बिपन्न , दलित जातिय छुवाछुत तथा भेदभावका मुद्धाहरुले सम्बोधन पाउनेछन।विभिन्न हिंसाहरु यो समाजमा भैइरहेका छन भने यो २०७७ सालमा पक्का अन्त्य हुनेछन।