मुग्लानी खबर माघ २७
रेसम रोक्का /कतार
कतार नेपाली एकता समाजले कतारको हमाद मेडिकलमा लामो समयदेखी उपचार गराई रहेका इन्दिरा खनाललाई कतारी रियाल ५५११/- (अक्षेरुपी) पाँचहजार पाँचसय एघार) आर्थिक सहयोग गरेको छ । यस भेटभाट तथा र्आिथक संकलन हस्तान्तरण कार्यक्रममा सहभागीहरु कतार नेपाली एकता समाजका अध्यक्ष, हेमन्त वाइवा, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष, बलदेव राना, महासचिव खिम बुढा मगर, सचिव विष्णु थापा –क्षेत्री) कोषाध्यक्ष राम इन्दल थिङ्ग, खगेश्वर भूषाल,विमल सुवेदी हेमराज थापा, उद्धव मगरको उपस्थिती रहेको थियो ।

केही दिनमै यस हस्पीटलबाट डिस्चार्ज गर्नुका साथै विरामीलाई नेपाल पठाउने भएकोले कतार नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाईवाले अग्रीम शुभकामना र सु–स्वास्थ्यको कामना गरे । आफैमा साहसी र कतार नेपाली एकता समाजका महिला विभागका सकृय तथा जुझारु सदस्य भएकोले इन्दिरा खनालले यस दुखद अबस्थामा पनि आफ्नो आत्मबल कहीले कम्जोर नभएको बताईन । कतार नेपाली एकता समाज केन्द्रिय समितीका सिङ्गो टिम, यसै समाज मातहत रहेका विभिन्न इकाई एरिया तथा आम दाजुभाई तथा दिदीबहिनिहरु कतारमा आएर थोरै पैसामा काम गर्न विवश हुँदा हुँदै पनि मेरो लागि भनेर जो जसले आफुले सकेको सहयोग गर्नु भयो उहाँहरु प्रति धेरै धेरै आभार प्रकट गर्दै सम्पूर्णलाई हृदयदेखी नै धन्यवाद दिए ।
आफ्नो भनाई राख्दै इन्दिराले भनिन म कतार बस्दा आफुले भ्याएसम्म संगठनलाई समय दिएको थिए त्यसरी नै नेपाल गईसकेपछी पनि संगठनमा निरन्तर लागि रहने बताईन । अबको दिनहरुमा मलाई सहयोग गर्ने सहयोगकर्ताहरुलाई कतार नेपाली एकता समाजको झण्डामुनि गोलबन्द हुनपनि आहन गर्दै फेरी पनि कतार नेपाली एकता समाजलाई धन्यवाद दिइन ।