मुग्लानी खबर कार्तिक १६
प्रेम घिसिङ तामाङ
मगवानपुर जिल्ला राई गाउँ घर भइ हाल दोहा-कतार स्थित एक प्रतिष्ठित क्लिनिङ कम्पनीमा केही बर्षदेखी कार्यरत सुश्री सुस्मा मोक्तान तामाङ बस्ने क्याम्प (बासेस्थान) मा मिति १५ अक्टोबर २०१९ का दिन सबैजना काममा भएको बखतमा आगलागी भएको र आगलागीबाट सम्पुर्ण नगद तथा जिन्सी समानहरु जलेर नष्ट भएको हुँदा निजलाई सहयोग स्वरूप स्व- इच्छाले नगद तथा जिन्सी समानहरु संकलन गरि मिति ०१ नोभेम्बर २०१९ शुक्रबारका दोहाको कर्नेस स्थित पार्कमा एक भेटघाट कार्यक्रम गरि संकलित जम्मा कतारी रियल १९९४ /- पीडितलाई हस्तान्तरण गरिएको छ ।
पिडितको सम्पुर्ण समानहरु जलेर नस्ट भएकोले तामाङ समाज कतारको पहलमा विभिन्न ब्याक्तित्वबरुबाट आर्थिक तथा जिन्सी समानहरु संकलन गरि पीडितलाई हस्तान्तरण गरिएको हो। उक्त हस्तान्तरण कार्यक्रममा समाजका उच्च तहका पदाधिकारीको उपस्थिति नभए पनि सह-कोषाध्यक्ष, महिला विभाग प्रमुख केन्द्रिय सदस्यजरु, सचिब र विभिन्न ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।
सधै झै यसपटक पनि पिडितको पिरमर्गलाई आत्मसात गर्दै विभिन्न ब्याक्तित्वहरु:- धिरेन तामाङ, तिर्थ थिङ, आशिष् मोक्तान, मोहन थिङ, पासाङ मोक्तान, ङिमा योन्जन, रिता लामा, पुष्प मोक्तान, माया तामाङ, नेत्र तामाङ, दिपक थिङ, प्रेम घिसिङ, अस्मिता घिसिङ, बिनिता घिसिङ, मोइराम थोकर, नर घिसिङ, दुधीमाया वाइबा तामाङ, सुवास तामाङ, सम्झौता मोक्तान, पुर्णिमा घिसिङ, ज्ञान बहादुर थिङ, माइल वाइबा तामाङ, छिरिङ मोक्तान, हर्क तामाङ, गौतम तामाङ, रमि मोक्तान तामाङ, शंखलाल तामाङ, राज कुमार बम्जन, पविता योन्जन, सम्सेर तामाङ, सिर्चेन तामाङ, सुस्मिता घिसिङ, सुक ब. तामाङ, अस्मिता पाख्रीन, माया पाख्रीन, सबिन तामाङ, बिक्रम वाइबा र जानुका थापा मगर उहाहरु सम्पुर्णले स्व- इच्छाले अर्थिक तथा जिन्सी समाहरु सहयोग गर्नु भएको थियो ।
स्थापना काल देखि नै नेपाल प्रबासी तामाङ समाज कतारले विभिन्न समस्याहरुमा परिएकाहरु विभिन्न क्षेत्रहरुमा सर-सहयोग,उदार र संस्थाको नारा अनुरुप निरन्तर शैक्षिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ।