मुग्लानी खबर मङ्सिर ३०
जनकपुरधामको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु राति फेला परेको हो ।
स्थानीय एक पसलेको पर्खालमा झोलामा राखेर राखिएको शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको आशंका रहेको छ । अहिले प्रहरी त्यहाँ घेरा हालेर आवत जावतमा रोक लगाएको छ । कुकर जस्तो देखिएकाले बमकै अशंका गरिएको छ !