मुग्लानी खबर जेठ १५
ग्रामिण भेगमा रहेका विद्यार्थीहरुको पढाईलाई प्रोत्साहन गर्ने उदेश्यले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ मानेभञ्ज्याङमा रहेको कुलज्योती प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई तामाङ पत्रकार संघ नुवाकोटले शैक्षिक सामाग्री बितरण गरेको छ ।

कक्षा १ देखी ३ सम्म अध्यनरत २४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको तामाङ पत्रकार संघ नुवाकोट अध्यक्ष शक्तिमायाँ तामाङले बताइन ।
उक्त विद्यालयको २४ जना विद्यार्थीहरुलाई सिसाकलम, कापी, गर्मीयाममा लगाउने टिसर्ट लगायतको सामाग्री बितरण गरिएको उहाले बताउनुभयो ।
यस्तै, विद्यालयका प्रध्यानाध्यापक सुनबहादुर तामाङले जति पनि विद्यार्थीहरु भर्ना हुन आए पनि नियमित नहुँदा संघको सहयोगले विद्यार्थीहरुलाई नियमित विद्यालयमा आउन उत्पेरित गरेको बताउनुभएको छ ।
कार्यक्रममा तामाङ पत्रकार संघ नुवाकोटका उपाध्यक्ष एवम् दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ को वडा सदस्य होमबहादुर तामाङ, विद्यालयका शिक्षक, विद्यार्थीहरु, अभिभाबक लगायतको सहभागीता रहेको थियो ।