मुग्लानी खबर १५ जेठ
२०७५ राजेश प्रसाईं` बिद्रोही´
वैदेशिक रोजगारीबाट बिदामा होस या बिट मारेर स्वदेश फर्कीनेले अब एक सय ग्राम काँचो सुन लिएर आउन पाउने भएका छन् ।

यसअघि सरकारले ५० ग्रामसम्म मात्र सुनका गहना ल्याउन पाउने नियमबाट थप सुबिधा दिँदै सरकारले अब वैदेशिक रोजगारीबाट घर फर्कीनेले एक सय ग्राम काँचो सुन लिएर आउन नपाउने घोषणा गरेको हो ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट सार्वजनिक गर्दै भने एक सय ग्रामसम्म ल्याउन पाउने र सो भन्दा बढी काँचो सुन लिएर आउन नपाउने घोषणा गरेका हुन् ।
वैदेशिक रोजगारीबाट स्वदेश फर्किदा ल्याउने उक्त सुनमा कर तिर्न नपर्ने पनी सरकारले जनाएको छ । सुन तस्करी भइरहेको भन्दै यसअघि सरकारले विदेशबाट फर्कनेलाई सुन ल्याउन कडाई गर्दै लगेका बेला सरकारको अाजको निर्णयले धेरैलाई राहात मिल्नेछ ।
बैदेशिक रोजगारमा अाफ्नु श्रम गरेर पनि स्वइच्छा सुन लान नपाउने गरि खुसी लेटेको बेला राष्ट्रमा तस्करी मौलाएको बेलामा सरकारले राष्ट्रलाई अरबौं राजस्व प्रदान गर्ने मार्ग प्रसस्त गर्नुका साथै तस्करी हरूलाई निरूत्साहित गरेको छ बजेटको बुदा नं. २४९- विदेशबाट फर्किएका नेपाली यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्म काँचो सुन महसुल तिरी पैठारी गर्न सक्ने व्यवस्था मिलाएकोछु ।
अर्थमन्त्री, नेपाल सरकार विस्तृत जानकारीका लागि भंसार विभागमा सूचना अधिकारी शिव भण्डारीसंग ९८४१२०२१३५ मा सबैले सम्पर्क गर्न सकिनेछ ।