मुग्लानी खबर १९ जेठ
राजेश प्रसाईं` सिनामे´
बैदेशिक रोजगारीको शिलशिलामा दिनहुँ जसो थुप्रै यूवा यूवतिहरू त्रिभुवन विमान स्थलबाट विभिन्न देशहरूमा अावत जावत यथावत नै छ यो सबै राष्ट्रको राजनीतिले निम्त्याएको बेरोजगारीको पराकाष्ट नै हो |
अन्य राष्ट्रहरूको तुलनामा नेपाली कामदारहरूले झेल्नु परेका पिडाहरू त झन सर्ब बिधितै छ | सबै नेपाली कामदारहरू परिश्रमी नै छन जसको काम प्रतिको लगाव इमानदारी पूर्वक निभाएका हुन्छन् | घर परिवार संग बिछोडिनु त झन कुरै नगरौ बिदेशीहरूको अनि सिढि चढेका केही त्यस्ता नेपालीहरू पनि छन जस्ले भारतीय मुलुक लगायतका मानीसहरू संग सहकार्य गरेर नेपालीलाई नै ठगि गरेको र सस्तोमा श्रम शोषण गर्न बाध्य बनाउनेहरू पनि यत्रतत्र नै देखिन र सुन्न पाइन्छ |
प्रसंग बदल्न चाहान्छु कुरा यति मात्र हैन | सामान्य काम गरेर अाफ्नै परिश्रम गरेर रगत र पसिना बगाएर अाफ्नो ज्यानको बाजि लगाएर अार्जेको सम्पतिले परिवारको खुसीकोलागि घरयासी गरगहना बनाउँन स्वइच्छाले सुन लाँदा पनि सरकारले तोकेको भन्सार श्रमजीवि मजदुरहरूका निम्ति अन्याय हुने छ |
विदेशबाट फर्किएका नेपाली यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्म काँचो सुन महसुल तिरी पैठारी गर्न सक्ने व्यवस्था मिलाएकोछु । भन्दै अर्थमन्त्रीले बजेट भाषण गरेका थिए | जस्मा सामान्य कर लगाएर सुलभ तरिकाले बैदेशीक रोजगारीलाई पोत्सान अनि राज्यको अर्थ तन्त्रलाई सहयोग पुग्नेमा सबै बिवस्त थिए |
बैदेशीक रोजगारीमा रहेका अाम नेपाली दाजु,भाइ तथा दिदी बहिनीहरू १०० ग्राम सम्म लान पाउँने भन्ने बजेट भाषण सुन्दा हर्षित बनेका थिएँ मजदुर प्रति बैदेशीक रोजगारकै पक्षमा सरकारले अोकालत गर्यो सच्चा कम्निष्ट नियम अब चाहिँ देशमा अाएँछ मजदुरले केही खुसीको श्वास फेर्नेछन भन्नेमा खुसी थिए जब मुग्लानी खबरमा १८ जेठमा समचार सम्प्रेषण भयो यस्तो अब ५० ग्रामसम्म सुन ल्याउँदा एक देखि ग्रामको ५२० रुपैयाँका हिसावले कर तिर्नुपर्ने हुन्छ ।
यसअनुसार ५० ग्रामको २६ हजार भन्सार लाग्नेछ । ५० ग्रामभन्दा बढी १०० ग्राम सम्म सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६२० रुपैयाँ कर लाग्नेछ । यसअनुसार ५०ग्रामबाट बढेर १० ग्राम बढी सुन ल्याएमा थप ६२ सय र ५० ग्राम ल्याएमा थप ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्ने भन्सार विभागका एक उच्च अधिकारीले जानकारी दिए भन्दै सम्प्रेषण गरिएको थियो यदि यो साँचो हो भने मजदुर माथी गरिएको अन्याय हो र फेरि तस्करहरूलाई प्रोत्सान दिदै छ सरकारी जालोमा गर गहना मात्र लान पाउँने नीतिमा झन गोरेलगायतले देश कालो बनाई सकेको अव्थामा फेरि कुनै षड्यन्त्र नरचिएको हो भन्न सकिन्न नत्र भने ३ तोला प्रति व्याक्ति सम्म भए पनि सर्ब साधारणलाई नि:शुल्क सुन लान पाउँने व्यवस्था गरिनु पर्ने छ सो भन्दा बढि लगें राजस्वको व्यवस्था मिलाए न्याय हुनेछ प्रवासीहरूको माग पनि यहि सत्य हो यो अाम प्रवासीको माग हो |
नेपाल सरकार र अर्थ मन्त्रीलाई थोरै ध्यानाकर्षण होस कि बैदेशिक रोजगारीमा रहेका श्रमजीवि मजदुरमाथी अन्याय नगरियोस यस्ता कु नीति तत्काल खारेज गरियोस् सोषण गरेर गरिव नेपालीहरू माथी अन्याय नहोस् जसका कारण अाज देशमा रेमिट्यान्सले देश धान्न सहयोग पुगेको अवस्थामा जय होस नेपाल सरकार !