मुग्लानि खबर साउन १
नेपाल राष्ट्र बैंकले विदेश जाँदा लान पाउने रकम निर्धारण गरेको छ ।

केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन २०६४ को दफा २९ को (क) अनुसार कुनै पनि व्यक्तिले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाकमार्फत् ५ हजार नेपाली रुपैयाँ वा अमेरिकी डलरसम्म बोक्न पाउने सीमा निर्धारण गरेको हो ।
साउन १ गते मंगलबारदेखि लागु हुने सो नीतिअनुरुप नेपाली रुपैयाँ ५ हजारसम्म वा अमेरिकी डलर ५ हजारसम्म वा सो बराबरको विदेशी मुद्रा र धारक विनिमय अधिकार पत्र नेपालबाट विदेश लैजान र विदेशबाट नेपाल ल्याउन सकिने सीमा निर्धारण गरेको राष्ट्र बैंकले जनाएको छ ।
कुनै पनि व्यक्तिले आफ्नो देशबाहिर जाँदा त्यस्तो मुद्रा वा धारक विनिमय अधिकार पत्रको विवरण भन्सार अधिकृत र कार्गो, कुरियर हुलाकमार्फत् भए सम्बन्धित कार्यालय समक्ष तोकिएको ढाँचामा उद्घोष गर्नुपर्ने बैंकले जानकारी गराएको छ ।