मुग्लानी खबर १० साउन ।
नेपाल वायुसेवा निगमले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलायन्सको दोस्रो वाइड बडी जहाज भित्र्याएको छ । ए ३२०–२०० सिरजिको विमान बिहीबार सरकारी स्वामित्वको एयरलायन्सले व्यावसायिक उडानका लागि भित्र्याएको बताइएको छ । यसअघि एयरलायन्सले पहिलोपटक वाइड बडी जहाज असार १४ गते काठमाडौं ल्याएको थियो ।
लामो दुरीमा व्यावसायिक उडान गर्न र धेरै यात्रु बोक्ने दोस्रो जहा
ज बिहीबार बिहान सवा ९ बजे काठमाडौंको त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । एयरबसकै क्याप्टेनले उडाएर ल्याएइको उक्त जहाजमा नेपाल एयरलायन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारसहित पाइलट तथा इन्जिनियरको टोली थिए । उनीहरूसहित विमानलाई मन्त्रालय र नेपाल वायुसेवा निगमका अधिकारीले स्वागत गरेका थिए ।
यो जहाजको नाम मकालु राखिएको छ । जसको कल साइन ९ एनएलजेट छ । यसले हवाइ नियामक प्राधिकरणले प्राविधिक परीक्षण पूरा गरेर उडान अनुमति पत्र दिएपछि व्यावसायिक उडान गर्नेछ ।