मुग्लानी खबर २४ साउन
बिभिन्न सामाजिक र सहयोगी भुमिका खेल्न मुख्य उदेस्य राखी भर्खरै स्थापना भएको बेलबारी सरोकार मंच कतारले बेलबारी -२ लालभित्तीबाशी अपाङ्ग राजकुमार राईको उपचारको निम्ती थप टेवा पुगोस भनी उहाको शिघ्र स्वास्थ्य लाभको कामना सहित १५ हजार रुपैया आर्थिक सहयोग यसै मंचका कोशाध्यक्ष श्री हरि घिसिङ मार्फत प्रदान गरिएको छ ।

बिरामी राई जन्मजात बोल्न नसक्ने र उहाको शरिरमा निक्कै गहिरो घाउ रहेको र उक्त घाउ फैलिएर उठबस गर्न नसक्ने अवस्थामा वार्ड नम्बर -२ का जनप्रतिनिधि खिना बस्नेत र कृष्ण लिम्बु द्वयले केराबारी -९ भलुमा एकदमै नाजुक अवस्थामा भेटी उपचारको लागी अहिले धरानको घोपा क्याम्प राखी उपचार सुरु भएको छ ।

बिरामीको पुर्ण स्वास्थ्य लाभको कामना सहित सम्पुर्ण यस मंचमा आबद्द मित्रहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।
धन्यवाद ,
अध्यक्ष - रोशन तामाङ
बेलबारी सरोकार मंच कतार