हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ ।हाल देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको छ र देशभर थोरै स्थानहरुमा वर्षा भईरहेको छ।आगामी तीन दिनको मौसम पूर्वानुमान अनुसार आजअसार १३ गते (शनिबार) को मौसम तथा जलवायु यस्तो रहनेछ |
दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ , प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
रातीः देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका र प्रदेश ५का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
आगामी २४ घण्टाका लागि देशभर धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेश का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित भारी वर्षा (Heavy Rain) को समेत संभावना रहेको छ। तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सम्पुर्णमा साबधानी अपनाउन मौसम तथा जलवायु पूर्वअनुमान महाशाखाले अनुरोध गरेको छ ।
(जारी मितिः २०७७-०३-१३, बिहान ०६:०० बजे)